सम्झनाः पहिलो कोरोना कहर
कविताः हाम्रो गाउँ घर शहर ।
लता शर्मा
नेपालगन्ज–१२, बाँके
सा-हो भयो काट्न कठै बढ्दो कोरोनाको कहर
गा-हो भयो बाँच्न कठै हाम्रो गाउँ घर शहर ।
पारेर मुहान चीनको बुुहान जन्म यस्कोे भयो
सारेर जहान दिन र बिहान घरमा घुस्दो भयो ।
पारेर ठप्प शासप्रश्वास खोकी लगाउँदछ
बालेर ताप खास शरीरमा सेकी जलाउँदछ ।
बसौं लुकेर एकान्तबास हामी आफ्नै घर
नगरौं अटेर बस्नुछ बेस साथि सबै छुटेर ।
घसेर सेनीटाईजर हातमा मास्क लगाउनु सधैं
जुटेर लखरलखर काम बिना नहिंड्नु कहिं कतै ।
भौतिक दुरी हामी भए हुनेछ यो पराजित
साबुन र पानीले हात धोइ बस्ने हो सुरक्षित ।
सा-हो भयो काट्न कठै बढ्दो कोरोनाको कहर
गा-हो भयो बाँच्न कठै हाम्रो गाउँ घर शहर ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



