लकडाउन वार्ताः स्ट्रिट डग्ससँग समय बिताउँछु

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा हाल हिमाचल, भारतमा रहेकी पेसाले ड्रेस डिजाइनर कोलाज

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
हजुर ! बिल्कुल छैन । हर परिस्थितिमा आशावादी हुनु नै राम्रो हुन्छ ।

दिनहरु कसरी बित्दै छन् ?
आध्यात्मिक प्रवचनहरु सुन्छु । आचार्य प्रशान्त जी, भुपेन्द्र भाइ पाण्डेय अनि स्व. राजेश्वरानन्द जी, उहाँहरुलाई सुन्छु ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
भिगन बन्ने प्रयासमा छु । मेरो साथमा केही स्ट्रिट डग्स छन् । उनीहरुसँग समय बिताउँछु । खाना, पानीको व्यवस्था मिलाउँदा समय बितेको पत्तो नै हुन्न ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
पहिलो वर्षको लकडाउनको परिणाम पहिला नै थाहा थिएन । त्रास बढी नै थियो । अहिले सुरक्षित कसरी रहन सकिने रहेछ भन्ने ज्ञान भो, त्रास त्यति छैन् । तर, अर्थतन्त्र अनि गरिखाने वर्गको दैनिकी सम्झिदा चाहिँ दुख लाग्छ । यो साल ज्यादै मुस्किल छ ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
पर्यटकीय एरिया हो कुल्लु, मनाली । कोरोनाको प्रत्यक्ष असर देख्न सकिन्छ । सम्पुर्ण लकडाउन छ । पर्यटन व्यवसायसँग सम्बन्धित मान्छेको स्थिति त सोचेर साध्य छैन । जोडिएका स्टेटहरुको स्थिति त झन भयावह नै सुनिन्छ ।

यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
आफ्नो व्यवसायमा हुन्थे । अनि नेपाल जाने प्लान नि थियो । धेरै भयो आफ्नो देश नगएको । जाने भन्ने सोच थियो । यस्तै भयो ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
एउटा चुनौतीपूर्ण समय । प्रकृतिमाथि मानवले गरेको अत्याचारको पराकाष्ठाको परिणाम । मानव सृजित महासंकट । खतरनाक लापरबाही यस्तै यस्तै ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
हुन त हैन मान्छेले बुझिदिँदा त । विकल्प नै राख्दैनन् । हामीले मानसिकरुपमा समृद्ध हुनु जरुरी छ । नैतिक जिम्मेवारी लिन कोही चाहदैनन् ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
सामान्य जीवनशैली । सामान्य भोजन । प्रेम, करुणा , प्रकृतिको सम्मान । मान्छेले सायद रिएलाइज गरे होलान् हामी कहाँ जाँदै थियौ ? अबको मार्ग के ? मलाई यो हुनु जरुरी थियो जस्तो लाग्छ । यो हाम्रो सही मार्गनिर्देशनका लागि प्रकृतिले दिएको ज्ञान जस्तो लाग्छ । सुध्रिनु, नसुध्रिनु वैयक्तिक आधिकार ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
खासै केही परिवर्तन होला जस्तो मलाई लाग्दैन । आजको मान्छे चेतावनीले चेतिने जात हैन । पहिले जस्तो सामान्य दैनिकी नै बन्नेछ सायद । उहीँ भीड, उहीँ इष्र्या र उही खिचातानी ।

लास्टमा केही थप्न चाहनुहन्छ ?
जरुर जरुर ! सुसंस्कार संस्कृतिको सम्मान गर्नुस् । जीवमाथि करुणा राख्नुस् । शाकाहारी बन्नुस् । स्वस्थ्य रहनुस् ।
अहिंसा परमो धर्म : स च सत्य प्रतिष्ठित:
सत्य कृत्वा प्रतिष्ठां तु: प्रवर्तन्ते प्रबृत्तय :
ॐ शान्ति ! शान्ति!! शान्ति !!!

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button