९२ बर्षे मेरी आमाको कथा

इन्दिरा देवकोटा
कपिलवस्तु ।

कोरोना बढेपछि आमासँग भेट हुन पाएन् । फोन गर्यो, राम्रोसँग सुन्नु हुन्न । आफ्नो मनको भावना पनि पोख्नसक्नु हुन्न । एउटा बोल्यो, अर्कै सुन्नु हुन्छ । बुढौली सबैको यस्तै त होला नि । पोहोर साल पनि आमाको मुख हेर्ने औंसीमा कोरोनाको कारण लकडाउन भयो । जान पाइएन । फोनमा बोल्दा भक्कानिनु भयो, ‘मैले त छोरा छोरी ११ जना जन्माएकी थिएँ । अरू बेला टाढा भए पनि चाडपर्वमा सबै जुट्दा रमाइलो मानेर अर्को चाड आउने बाटो कुरेर बस्थें ।’

९२ बर्षे मेरी आमाको कथा भनौ या जीवनी भनौं, म यसरी प्रस्तुत गर्दैछु ।

हामी सानै छँदा बाबाको माया खोसियो । दैवको यो लिलाले हाम्रो परिवारमा ठूवो बज्र पर्यो । ९,९ जना छोराछोरी सबै बुझ्ने भएका थिएनौ । आमाले साहसका साथ हामीलाई हुर्काउनु भयो । पढाउनु भयो । हामी पनि ठूला हुँदै गयौ । सबै छोरा बुहारी मिलाएर राख्नु भयो ।

हाम्रो आमा र बुवा दुबै उहॉ नै बन्नु भयो । कहिल्यै पनि बाबा नभएको आभास हुन दिनु भएन । परदेशबाट कोही आउँदा बाबालाई सम्झेर रूनु हुन्थ्यो । आमासँगै म पनि रून्थेँ, बुझेर हो या साथमा साथ हो । हामी सबै ठूला हुदै गयौं । पढे लेखेर सबै आआफ्नो काममा लाग्यौं । हामी कोही आमाको इच्छा अनुसार सबै चल्छौं ।

पोहोर अर्थात २०७७ सालको मातातिर्थ औंसी पनि आमालाई स्पर्श गर्न नपाएरै बित्यो । आमा उता, हामी यता । दुखी भएर आँसु पिएर बित्यो । धन्न ! दुवैतिर नेटको सुविधा भएकोले भिडियो हेरेर कुरा गर्यौं । छोराबुहारी, छोरीज्वाई, नातीनातिनी सबैसँग कुरा भयो । अर्को बर्ष सबै जुटौला अहिले लकडाउन छ भनेर चित्त बुझायौं । ऑशु पुछ्दै टाउको हल्लाउनु भयो । तर, अहिले पनि फेरि त्यहि कोरोना । अहो कस्तो बिडम्वना यो वर्ष पनि भिडियोबाटै भयो कुरा ।

अब अर्को साल सबै जम्मा भएर आमाको दुख साट्न पाइयोस् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button