म दुई छोरीका आमा र उनीहरु मेरा गौरव
नारी दिवस विशेष
इन्दिरा देवकोटा
मेरा दुई सन्तानका रूपमा मेरो कोखबाट जन्म लिएका सानु र कान्छु । समाजमा छोराको स्थानले शिखर चुमेको समयमा जन्मेका र मैले विचराको संज्ञा पाएको त्यो दिन आज अन्तर्राष्ट्रिय नारी दिवस २०७७ ले ताजा बनादियो ।
पुरूषप्रधान समाजमा छोरीको स्थान हेर्ने हो भने शून्य छ । असल बुहारी खोज्ने यो समाजले छोरी जन्माउनु अपराध ठान्दछ । नारी अझै पनि चुलो चौकामै सीमित रहनु पर्ने र छोरा नभए स्वर्गको बाटो छेकिन्छ भन्ने भनाई समेत छ ।
मेरो पहिलो सन्तान मलाई आमा बन्ने भाग्य दिएकी मेरी छोरी किर्ती मेरो मुटुको टुक्रा समान छिन् । उनी सानैदेखि विलक्षण प्रतिभाकी धनी बनिन् । २ वर्षको जमान्तरमा पुन् गर्भवती भएकी मलाई नाती जन्माउन पर्ने दवाव एकातिर थियो भने भ्रुण हत्या नगर्ने मेरो अडान थियो ।
पुरूषप्रधान समाजमा यसरी हिम्मत बटुल्न त्यति सहज भने पटक्कै थिएन । हामीले जे आशा गरे पनि आखिर पुन भगवतीको आगमन भयो । परिवार निरास भयो ।
समाजले मलाई कठै ! बिचरा १ को संज्ञा दिन थाले । उनीहरूको त्यो उपाधि मलाई पटक्कै मन परेन १ म आफूलाई झन बलियो बनाउने र तेस्रो सन्तान नजन्माउने अठोट गर्न थालें । दुबैलाई राम्रो शिक्षा दिंदै अगाडि बढाएँ ।
कीर्ति र कविता दुवै पढाईका साथै अन्य कार्यक्रममा समेत अब्वल हुदै गए । अब कठै १ भन्ने हाम्रो समाजको हेर्ने दृष्टिकोण परिवर्तन हुनथाल्यो । सीइइको नतिजा र उच्च शिक्षामा पाएको छात्रवृत्तिले झनै मलाई बलियो बनायो । हिजो छोरा नभएकी विचरा भन्ने समाजले आज भाग्यवानी आमा भन्न थाल्यो । मेरो उपाधिमा परिवर्तन आएको छ ।
मैले छोरी होस्टेल राखेर पढाउँदा छोरीमा लगानी वालुवामा पानी भन्ने मेरा आफन्तको मुखमा बुझो लगाउन सफल मेरा छोरी सानु र कान्छुप्रति म गौरव गर्दछु । अचम्मको कुरा त के छ भने उनीहरू तिहारमा दिदीबैनी र दाजुबहिनी दुवै बन्दछन् ।
सानुले आईटीमा ग्रेजुएशन गरिन भने कान्छु सिए फाइनलमा पुगेकी छिन् ।
यी दुवै दिदीबहिनी मलाई पटक्कै दुखी देख्न चाहादैनन् । मलाई भन्दा अझै माया बाबालाई गरेको देख्दा म आनन्दमय बन्न पुग्दछु । असल र सक्षम छोरीकी आमा बन्न पाएकोमा म आफैलाई भाग्यशाली ठान्दछु । हाम्रा भविष्यका धरोहर, मेरो गौरव, मेरा आँखाका नानी मेरा छोरी ।