राजीनामा दिन पर्दैन भन्ने राजाले फेरि भने ‘राजीनामा देऊ मरिचमान’

(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘प्रधानमन्त्री‘मा अहिलेसम्मका प्रधानमन्त्रीहरुमाथि अनेक कोणबाट टिप्पणी, विश्लेषण, संस्मरण र अन्तरवार्ताहरु समेटिन्छ । यो अंकमा पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ । धन्यवाद । सं)

कमल ढकाल

नाकाबन्दी भइरहे पनि जनजीवन लिकमा आउन खोज्दै थियो । त्यहि समयमा २०४६ फागुुन ७ गतेदेखि जनआन्दोलन भयो । पन्चायतकै केही शक्ति विस्तारै पन्चायत छाडने संकेत देखाइरहेका थिए ।

राजेश्वर देवकोटाको घरमा जम्मा भएर एक विज्ञप्ति बनाएका थिए । त्यसमा भनिएको थियो, ‘हामी प्रजातन्त्रको विकासका लागि प्रतिबद्ध छौ । हिंसा र मुुठभेडबाट केही उपलब्धि हाँसिल हुन नसक्ने हुनाले आवाश्यक सुुधारको लागि पंचायति शासकलाई आग्रह गर्दछौ ।’ त्यसमा पन्चायत भित्रैका लोकेन्द्रबहादुुर चन्द, बालाराम घर्तिमगर, डा यादवप्रसाद पन्त, केशरबहादुुर बिष्ट, पदमसुुन्दर लावती, पशुुपति शमसेर जवरा, वीरेन्द्र केशरी पोखरेल, मकुुन्दबहादुुर बस्नेत, लेखनाथ अधिकारी , चक्रबाहादुुर शाही, श्रीप्रसाद बुुढाथोकी, बिश्वेश्वर मरवेता, हेमबहादुुर मल्ल, धुुुव्रविक्रम शाह, गगनजंगबाहदुुर सिंह, गंभीरजंग कार्की, चन्द्रदेव चौधरी, डम्बरबहादुुर बम, पीताम्बर थापा, बुुद्धिमान तामाग, भगवानदास गुुप्ता, योगेन्द्रसिंह थापा, रामचन्द्र राय, रामबाहदुुर बिसी, विजय कुुँवर, विश्वनाथप्रसाद जयसवाल , वीरेन्द्रकुुमार पोखरेल, दीर्घराज प्रसाई, कुुलचन्द्र शर्मा, चन्द्रबहादुुर बुुढा मगरलगायत चालिस जनाले जनआन्दोलनको पुुर्वसन्ध्यामा सरकारलाई सचेत पत्र जस्तै निकालेका थिए ।

आफ्नै मान्छेहरु किन यस्तो लेखिरहेका छन् भनेर दरबारले बुझन सकेन । सरकारले पनि नबुुझेझै गर्यो ।

एकपछि अर्काे पन्चायतमा पहिरो आइरहँदा राजा वीरेन्द्र मस्ती मार्न पोखरा गए । २०४६ माघ ५ देखि ७ गतेसम्म भएको नेपाली कांग्रेसको राष्ट्रिय सम्मलेनमा भारतीय जनता दलका नेता चन्द्रशेखर आए । उनले चाक्सीबारीको भब्य समारोहमा आन्दोलनको आगो सल्काइदिए ।

पन्च भेलामा सबै नेपाली पन्च, सबै पन्च नेपाली भने पनि स्थिति अन्यत्र मोडिसकेको थियो । पन्चायतलाई टिकाउन जिन्दगीभर पन्च बनेर रहेका मरिचमानले कर्तब्य ठाने । उनले आन्दोलन प्रतिकार समिति बनाएका थिए । नवराज सुुुवेदीको निर्देशनमा र परशुुनारायण चौधरीको संयोजकत्वमा गठित प्रतिकार समितिमा निरन्जन थापा, कमल थापा, डा मोहमद मोहसिन, सुुरेन्द्रबहादुुर बस्नेत, हरिशचन्द्र महत, लोकबहादुुर श्रेष्ठ, भरतबहादुर प्रधान थिए । केन्द्रिय सुुरक्षा समिति बन्यो । तत्कालिन प्रधान सेनापति, मुुख्य सचिव, गृह सचिव, वालधिकृत, बागमति अन्चलका अंन्चलाधीस, प्रहरी महानिरिक्षक, जनसम्पर्क कार्यालयका मुुख्य अधिकृतहरुको । त्यस्तै अस्थायी प्रकृतिको अर्काे सुुरक्षा समिति बन्यो, गृह मन्त्री निरन्जन थापाको अध्यक्षतामा । परशुुनारायण चौधरीको संयोजकत्वमा केन्द्रिय समन्वय समिति गठन भयो । जनआन्दोलन निस्तेज पार्न पंन्चायत निती तथा जाँचबुुझ समितिसँग समन्वय गर्न अर्काे राजनैतिक समिति बन्यो । ती विभिन्न समितिले जिल्ला जिल्लामा भएको आन्दोलन दबाउन नीति बनाउने, निर्देशन दिने, समीक्षा गर्ने कार्यहरु गरिरहेका थिए । तर, जुन रुपमा राष्ट्रिय पन्चायत सदस्यको सहभागिता हुनुुपर्ने हो, त्यति भएन । आन्दोलनको विपक्षमा जनमत बनाउनुु पर्ने । त्यसको औचित्यबारे प्रष्टाउन पर्ने काममा धेरै रापस उदासिन बनेर बसिदिए ।

प्रत्येक जिल्लामा प्रतिकार समिति बनाइएको थियो । त्यो प्रतिकार समितिमा जति उर्जा देखिन पर्ने हो, देखिएन । ठाउँ ठाउँमा प्रतिकार समितिले अलिक बढी ज्यादती पनि गर्यो । जसका कारण जनता यिनको धम्की र दम्भ हेरौ न भन्ने हिसावमा बसिदिए ।

पोखराको प्रतिकार समिति यसको उदाहरणको रुपमा देख्न सकिन्छ । पहिले राधेश्याम कमारो संयोजक थिए । पछि अम्बरबहादुुर कार्की भए । कारण पोखरामा भुुपुु राज्यमन्त्री राधेश्याम कमारोको नेतृत्वमा पन्चहरु भेला भई २०४६ माघ २९ गते भेला अयोजना गरी कोही कतै जनआन्दोलनमा लाग्नेलाई निर्मम यातना र कार्वाही गरिने धम्की दिए । धम्कीदेखि नडराएर विद्यार्थहरुले त्यसको भोलिपल्ट नै फागुुनको १ देखि ४ सम्म क्याम्पस हाताभित्रको जय नेपाल चौरमा जुुलुुस सभा गर्न थाले । मुुठभेड भइहाल्यो र त्यहाँ दर्जनौ घाइते भए । यो घटनाले जनजीवन थप उत्तेजित बनेको थियो । पृथ्वीनारायण क्याम्पस हातामा भएको जुुलुुस सभामा प्रहरीले हस्तक्षेप गर्दा दुुवै पक्षमा भिडन्त भएको र क्याम्पस हाता र महिला छात्रावासमा समेत प्रवेश गरिएको बिषय त्यतिबेला ब्यापकता छायो । त्यसले फागुुन ७ गते देखि हुुदै गरेको आन्दोलनमा बल पुुरायो । जनता थप उत्तेजित भए । र, फागुुन ७ गते भएको आन्दोलनमा पाल्पा, तनँहुु, मकवानपुुर, नारायणगढमा एक एक जनाको मृत्युु भयो भने चितवनमा ३ जनाको मृत्युु भयो ।

सात गतेको त्यो आन्दोलनमा सात जनाकै मृत्युु भयो । जुुन सरकारको लागि अपशकुुनको संकेत थियो ।

आन्दोलनले ब्यापकता लिदै गयो । पन्चायतलाई थेग्न सकिन्छ कि भनेर मरिचमान कस्सिएरै लागे । पन्च भेला, सभा सम्मेलन, गिरफतारी, लाठी चार्ज, अश्रुुग्याँस सबै शक्ति सरकारले प्रयोग गर्न थाल्यो । आन्दोलन जति बढदै आयो, उति जनउभार बढ्न थाल्यो । कर्मचारी, पत्रकार, वकिल, शिक्षक, चिकित्सक, उद्योगी, ब्यापारी एकपछि अर्काे समुह आन्दोलनमै लाग्न थाल्यो । सुुरुमा कालो पट्टि, धर्ना हुदै जुुलुुस, सभा, समारोहतिर पेशागतसँग संगठनहरु लाग्न थाले ।
आठ गते भक्तपुुरमा ४ जनाको मृत्युु भयो । ९ गते धनुुषामा ६ जनाको मृत्युु भयो । चैत्र १४ गते भद्रपुुरमा गोली चल्यो त्याहा १ जनाको मृत्युु भयो । १७ गते बागबजारमा १ जना र ललितपुुरमा २ जना गोली प्रहारबाट मृत्युु भए ।
चैत्र १९ गते मन्त्रिपरिषद् नै जन आन्दोलनको कुरालाई लिएर विभाजित बन्यो । परराष्ट्र मन्त्री शैलेन्द्रकुुमार उपाध्यायले राजीनामा नै दिए । झन् कट्टरपन्थीलाई मन्त्रीमन्डलमा समावेश गरियो । उदारवादीका कुरै सुुनिएन ।
पन्चायतका हार्डलाइनर थिए मरिचमान । उनको कट्टरपन्थले उनलाई हानी पुराईरहेको थियो । जुुन उनले बुझ्नै सकेनन् । सानो भेलामा पनि प्रहरी दमन हुदा आन्दोलनलाई बल पुुगिरहेको थियो । राजाले २१ र २२ गते बैठक डाके । त्यसमा उदारवादी पन्चले जनआन्दोलनको कुरा सुनिनुु पर्छ भन्दा राजाले त्यसलाई पनि लत्याए । आन्दोलनको आगो दनदनी दन्किरहेको थियो ।

चैत्र २० गतेको घटनामा पनि ७ जनाको मृत्युु भएको देखिन्छ । राजधानीको चुुच्चेपाटी , बानेश्वर, नयाँबजारमा एक एक जनाको मृत्युु भयो भने किर्तिपुुरमा मात्रै ४ जनाको मृत्युु भएको थियो ।
यस्तो हुन थाल्यो मृत्युु मृत्युुका लागि हैन, राष्ट्रको जीवनको लागि थियो । मान्छेहरु मर्न र मार्न नडराउने बन्न थाल्यो । स्थिति अनयिन्त्रित हुन थाल्यो ।

चैत्र २३ गते मरिचमानले राजीनामा दिए । त्यहि दिन झन् विशाल सागर उर्लियो । पाटन र किर्तिपुुर ‘सरकार मुुक्त क्षेत्र’ बनिसकेको थियो ।

लोकेन्द्रबहादुर चन्दले बेलुुकी ५ः३० मा सपथ लिदा देश शहिदको रगतले लतपतिसकेको थियो । मरिचमानको राजनीनामा र लोकेन्द्रबहादुुर चन्दको आगमनले उदारवादी पन्च मात्रै खुुशी भए । बहुुदलवादीलाई त्यसले केही माने राखेन ।
चैत्र २४ गते मात्र ११ जनाको मृत्युु भयो ।

चैत्र २४ गते बुुटवलमा २ जना , काठमाडौमा ८ जना र धनुुषामा १ जनाको मृत्युु भएको थियो ।
चैत्र २५ गते पनि ललितपुुरको नटोल र काठमाडौको कुुलेश्वरमा गोली लागि २ जनाको मृत्युु भएको थियो । चैत्र २ गते चितवनमा १ जना र काठमाडौको भेडासिङ्मा २ जनको मृत्युु भएको थियो । चैत्र २८ गते पनि बालाजुुमा १ जनाको मृत्युु भएको थियो ।

दैनिक मान्छे मर्छन् तर, दैनिक जनसहभागिता झन् बढी हुन थाल्यो ।

मरिचमानको राजीनामा संगै बनेको नयाँ चन्द सरकारले पनि स्थिति कब्जामा लिन सकेन । राजाले गरेको शाही घोषणामा जाँचबुुझ आयोग बनाउने भने पनि आन्दोलन रोकिएन । झन नारायणहिटी घेर्छुु भनेर हज्जारौ मास तयार भए ।
चैत्र २६ गते राती राज दरवार संवाद सचिवालले राती टेलिभिजन र रेडियोबाट बोलिदिए । दलमाथिको प्रतिबन्ध फुुकुुवा भयो ।

आन्दोलन त्यसै रात स्थगित भयो । चैत्र २७ गते देशमा बहुुदल आएको घोषणा भयो । जनता विजय र्यालीमा उर्लन थाले ।

जनआन्दोलनको क्रममा देशभर मृत्युु हुुनेको संख्या ४५ पुुग्यो । २६ जिल्लामा २३ सय २१ जना घाइते भएको जनआन्दोलनपछि छानविन गर्न बनेको मल्लिक आयोगमा बताइएको छ । जनआन्दोलनको क्रममा देशभर गरेर व्यक्तिगत र सरकारी गरी अरबौ क्षति भएको पनि आयोगको रिपोर्टमा छ ।

मल्लिक आयोगको प्रतिवेदन हेर्दा तत्कालिन समयको जनआन्दोलनमा तराईको कम संलग्नता छ । कर्णालीलाई यो आन्दोलनको कुुनै प्रभाव नै नपरेको जस्तो रिपोर्टमा देखिन्छ ।

पन्चायत टिकाउन मरिमेटेर लाग्नुु मरिचमानको भुुल थियो कि जस्तो देखिन्छ । उनले नचाहँदा पनि गोली चल्न थालेपछि मरिचमान त्यहि बेला नबस्नुु पर्ने थियो । तर, राजाको अगाडि उनी लाचार थिए । दरवारको तर्फबाट एक फौज र सरकारको तर्फबाट एक फौज गरेर ललितपुुर र भक्तपुुरमा गोली चलेको थाहा पाएपछि उनले राजीनामा त्यतिखेरै दिनुु पथ्र्याे । दिएनन् । सकिन्छ कि अझै भनेर लागिरहे ।

एक भेटमा भनेका थिए, ‘कुु तत्वले जनमानसलाई उत्तेजनामा ल्याउने काम गर्यो ।’ भन्थे, ‘राजा पनि जनता मार्ने योजनामा थिएनन, म पनि थिईन तर गोली किन चल्थ्यो त्यो मलाई नै थाहा भएन ।’ एकजनाले छुुरी हानेको घटनाले त मलाई रातभर तनाव दिन्थ्यो र भोलि बिहानै घटनास्थलमा आफै पुुग्थे । मान्छे मर्नुु मेरो लागि ह्दयविदारक थियो । दरवार हत्याकान्डको घटनापछि उनलाई आफनो कार्यकालमा कतै उनै दरवारमा भएका ‘र’ का खुुफियाको मास उत्तेजित गराउदै दरवारहत्याकान्डसम्म आईपुुग्ने चाल त थिएन जस्तो लागेको उनले बताएको थिए ।

प्रधानमन्त्रीको आदेश बिना सिडिओको आदेशबिना त्यतिबेला गोली हानियो र मान्छे मरे भक्तपुुरमा । मरिचमानले नै कसले गोली हान्यो भनेर सिडिओलाई सोध्दा व्याक अपमा आएको फौजले हानेको उसलाई सोझै दरबारबाट आदेश आएको भने । दरबारका भुुमिगत गिरोहले पनि मरिचमानलाई फाल्ने बेला यहि हो भनेर सिधै गोली हान्नुु भनेर पठायो ।

आन्दोलनका बेला चितवनमा सिडिओ रहेका विमल कोइराला आफनै भवन ज्ञानेश्वरमा भन्दै थिए ‘चितवनमा पनि गोली हान्न भनेर गएका फोर्सलाई मैले ब्याक अप गराए ।’ आन्दोलनमा एकातिर गृह बाट आदेश हुन्थ्यो अर्काेतिर दरबार बाट । दुुई तिरबाट आएको आदेशलाई सिडिओले आफनो विवेकले काम गर्नुु पथ्र्याे भन्थे कोइराला । तत्कालिन गृहराज्य मन्त्री निरन्जन थापा भन्थे ‘मरिचमानले मान्छेको ज्यान सबैभन्दा प्यारो चिज हो त्यसमा तलमाथि नगर्नुु भनेर आदेश दिने गरेको थिए ।’ उनले भने, ‘मरिचमानले भने अनुुसार नै म गर्थे फेरि पनि गोली लागेर मान्छे मर्थे मेरो टाउको यसैले कुुटुुकुुटुु खान्थ्यो ।’

चैत्र १७ गतेको आन्दोलनमा मास उत्तेजित गराएर ललितपुुरमा तीन जना मरेपछि भारतले आफुलाई वार्गेनिङ गर्न एक पत्र पठाएको मरिचमानले खुल्लासभामै बताएका थिए । २०५४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ४ को भाषणमा उनले भनेका थिए, ‘मलाई शंका थियो भक्तपुुर जस्तै ललितपुुरमा पनि भारतीयहरुले तान्डव मच्चाएका छन् नभन्दै त्यो कुरा खुुलिहाल्यो, ललितपुुर कान्डपछि उनीहरुले एक पत्र नै पठाए, त्यो पत्रमा हस्ताक्षर गरेको भए आफुुले निर्वाध सत्ता चलाउन पाउने थिए ।’

‘राष्ट्रघाती दुुई पल्ट मर्छ, एक पल्ट मृत्युु आएर एक पल्ट धिक्कारेर ।’ राष्ट्रघात गरेर निर्वाध सत्तामा बस्न मलाई मन लागेन, उनले भनेका थिए ।

चैत्रको १७ गते आएको त्यो पत्र मरिचमानले राजालाई दिदै भने ‘सरकार भारतसंग हैन, आफनै जनतासंग झुुकिबक्सियोस्, अब अस्थिरतातर्पm जानसक्छ । म बरु राजीनामा दिन्छुु ।’

राजाले भने, ‘अहिले तिमीले राजीनामा दिन पर्दैन ।’

त्यसको सात दिनपछि मरिचमानले राजीनामा दिनै पर्ने दिन आयो । राजा आफैले भने, ‘मरिचमान तिमी राजीनामा देऊ ।’ राजालाई पनि गलाउने कोही शक्ति दरवार भित्रै थियो भनेर उनले पटक पटक ईंगित गरेका छन् ।

पन्चायतका अन्तिम प्रधानमन्त्री लोकेन्द्रबहादुुर चन्द भए पनि मरिचमानलाई नै पन्चायतको अन्तिम प्रधानमन्त्री मानिन्छ । किनकि उनले नै पन्चायतको लिगेसि थामेका थिए । राजा, राष्ट्रियता र पन्चायत उनका तीन कुरा जहिल्यै पनि आदर्श रहे । त्यसमा नाकनिक गरेर उनले ढोंग पालेनन् । फागुनु ८ गते भक्तपुुरमा मान्छे मरेपछि उनको ब्रम्हले राजनीनामा दिने सोचाई बनाईसकेको थियो । छोरा अनिललाई भनेका पनि थिए, ‘अनिल, अब यो सरकारमा बस्नु ठीक छैन, अर्कैको आदेशमा मान्छे मारिन थाले ।’ कहिल्यै पोलिटिकल कुरा सल्लाह नगर्ने बाबुुले कोट फुुकालेर खुुईय गर्दै त्यसो भनेको देखेर अनिललाई पनि लागेको थियो, अब बुुवाले राजीनामा दिनुुहुुन्छ । फेरि ललितपुुरमा चैत्र १७ गते मान्छे आफुले आदेश नदिईकन मरेपछि मरिचमान लत्रदै निवास घर आएको अनिलले बताए । भन्दैथे, ‘सिक्रि लगाएर काम गर्न गएको जस्तो ठान्नुुहुुन्थ्यो, जानै नपरोस जस्तरी हिडनुु हुुन्थ्यो ।’

जोश हराउदै गएको कामबाट उनले अन्तत चैत्र २४ गते मरिचमानले राजीनामा दिए । त्यहि दिन ११ जना शहिद भए ।
राजा विरेन्द्रले पनि आफनो जनता यत्रो मरेको स्थिति हेर्न नसकेर मरिचमानले भनेको सम्झे, ‘भारतसंग झुुक्नुु भन्दा त जनतासंग झुुकिबक्सिओस सरकार ।’

जनतासंग झुुकेर राजा वीरेन्द्रले चैत्र २६ गते राती बहुुदल घोषणा गरिदिए ।

त्यसअघि श्री ५ वीरेन्द्रले चैत्र २४ गते शाही घोषणामा जनधनको क्षतिबारे छानविन गरी प्रतिवेदन पेश गर्न जाँच आयोगको गठन गरिनेछ भनि घोषणा गरेका थिए । नेपाली काँग्रेस र संयुुक्त बाममोर्चाको ८ सुुत्रीय मागमा जन आन्दोलन दवाउन प्रयोग गरिएको हिसा र दमनको निष्पक्ष जाँच गरि दोषिलाई उचित दण्ड दिईनुु पर्छ भनि एक माग थियो । त्यसै अनुुरुप श्री ५ को सरकारले जनधनको क्षति जाँचबुुझ गरि सो बिषयमा ठहर रायसहितको प्रतिवेदन पेश गर्न सर्वाेच्च अदालतका माननीय न्यायाधिश प्रचन्डराज अनिलको अध्यक्षतामा मध्यमान्चल क्षेत्रीय अदालतका माननीय न्यायाधिश हरिप्रसाद शर्मा र केदारनाथ आचार्य सदस्य रहेको आयोग गठन गरिएको थियो । त्यसमा मानव अधिकार संरक्षण मन्चका प्रतिनिधि प्रकाश काफले र मानव अधिकार संगठनका प्रतिनिधि कपिलदेव श्रेष्ठ थपियो ।

२४ को त्यो घोषणापछि झन आक्रामक बन्यो आन्दोलन । शहिदको संख्या थपिदै गयो । फागुुन ७ गते देखि २६ गते सम्म ४४ जनाको शाहादात भईसकेको थियो । नेपालको संविधान २०१९ मा रहेको दलविहिन शब्द हटाई राजनैतिक दलमाथि लगाईएको प्रतिवन्ध समाप्त गरिएको भनेर विज्ञप्ति आयो । आएकै दिन राती चैत्र २६ गते दलहरुले जनआन्दोलन स्थगित गरेको घोषणा गरेका थिए । चैत्र २६ गते नै राजाले नेपाली कंग्रेस र वाम मोर्चाका नेतालाई दर्शनभेट दिए । चैत्र २७ गते देखि नेपालमा रहेको तीस बर्षे पन्चायति ब्यबस्था गल्र्यामगुुर्लुम लडयो ।

केही दिन राजा र जनताको वार्तामा देश रुमलियो ।

गणेशमानले प्रधानमन्त्री नखाने भनेपछि ७ बैशाख २०४७ मा कृष्णप्रसाद भटराई ( किसुनजी ) प्रधानमन्त्री भए ।
२०४६ को आन्दोलन पछि राजनैतिक रुपमा छायामा बसेका मरिचमान सिंह त्यसपछि झन धुुमिल बन्दै गए र बिलाए । देशलाई प्रजातन्त्र आयो । उनका सबै समकालिन साथीहरु पटक पटक बहुुदलिय ब्यबस्थामा मन्त्री भए । मरिचमानलाई भने कहिल्यै प्रजातन्त्र आएन । उनका दुुःखका दिनहरु मात्र भए ।

उनले मात्र दुुःख पाएनन । परिवारले पनि दुुःख पाए । आफुु सुुत्केरी हुने बेलामा समेत मान्छेहरुले मारौला झै गरेको मरिचमान पुुत्री रश्मि बताउँथिन् । भन्थिन्, ‘मैले बच्चा समेत उमेश श्रेष्ठ सरको घरमा पाएको, त्यतिबेला पनि मरिचमानलाई फाँसि दे जस्ता नारा लागे । म कत्ति डराएथेँ ।’

लाए अह्राएको काम निष्ठापुुर्वक गर्ने मरिचमान जिन्दगीभर दुुत्कारिए । नयाँ पुुस्ताले उनलाई पन्चायतको खलपात्रको रुपमा चिने । सबैले गालीले दुुत्कारे । राजालाई सबैले वाह प्रजातन्त्रबादी राजा भने । मरिचमान भने प्रजातन्त्रका बिरोधी भनेर चिनिए । प्रशासन हातमा लिएको बेलामा गणेशमानलाई भेटेरै चाक्सीबारीमा कार्यक्रम गर्न दिएको उनले बताएका थिए । दुुःखेसो पोख्दै एक दिन भन्थे, ‘चाहेको भए मैले कार्यक्रम गर्न दिन्नथेँ होला, विदेशी भुुमिमा स्वदेशी कार्यक्रम नहोस् भनेर मैले सुुरक्षाको जिम्मा म लिन्छुु, तपाई कार्यक्रम गर्नाेस् भनेँ । राजालाई मनाएँ । अब मै काम नलाग्ने भएँ ।’

पन्चायतको अन्त हुनुुमा भारतको चर्काे दवाव थियो । भारतले साम दाम दन्ड भेद सबै अस्त्र लगायो मरिचमान हटाउन । पन्चले पन्चको खुुट्टा तान्ने कारण पनि पन्चायत गयो । आफुु कुुर्सिमा बस्दा मान्छे नमरेको जति मरिचमानले भनिरहे पनि कहिल्यै कसैले सुनेनन् । उनले ब्यबस्था टिकाउन गरेको पहलकोबारे मात्र समाचार आइरहे । प्रजातन्त्रको खिलाफमा लाग्ने भनेर उनको नाम आईरहयो । उनी दुुबै तिरबाट गाली खाने मान्छे बने । बहुुदलवादीले कट्टरपन्थी भनिरहे । उदारवादी पन्चहरुले उनकै कट्टरताका कारण पन्चायतको पतन भएको भनिरहन्छन् ।

(प्रकाशोन्मुख पुस्तक सल्यानबाट सिंहदरवारसम्म बाट ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button