
ओइ ! हिँड, एक कप चिया पिउने होइन ?
जिन्दगीसँग भाग्नेहरु
रूपा थापा
विदुर, नुवाकोट
जिन्दगीको मैदानसँग हारेर कयौ मानिसहरु भागे, भागिरहे र आज पनि भागिरहेकै छन् । कैले अभावसँग कैले दबाबसँग कारण यस्तै यस्ते या अनगिन्ति । कत्ति सजिलोसँग एक निमिषमा अनि एक चुुट्किको भरमा सधैको लागि घाम झै अस्ताइदिन्छन् र फेरि कहिले उदाउदैन् धर्तिमा । ऊ भन्दा अगाडि पनि त कयौ थिए जो यसरी नै अभावका घैटो बोकेर हिड्दा हिड्दै रितिए, त्यस पछाडि पनि त कोहि न कोहि हिडि नै रहनेछन् । त्यस्तै गरि आफ्ना सपनीका क्षितिजलाई छुने आशामा ।
कैले काहि लाग्छ जिन्दगी सहज छ फेरि पनि किन पो रित्ताउँछन् र एकै पलमा बिसाइदिन्छन् जिन्दगीका सारा भारिलाई फेरि कैले पनि जिन्दगीको थाप्लोमा बोक्नको लागि नाम्लो नचाहिने गरि । कुनै दिन थियो जीन्दगीका घाम भर्खरै त उदाउदै थियो । त्यति खेर लाग्थ्यो न शरिर न क्षमता फेरि त जस्ती एउटीले यो धर्तिबाट हट्दैमा के पो हुने हो र यस्तै यस्तै प्रश्न गथ्र्यो मनले । प्रसिद्दि कमाएका राम्रा रुप रङ भएका पनि त भागेकै छन् जिन्दगीबाट यस्तै सोचिरहन्थ्यो र घन्टौ सम्म त्रिशुलीका छालहरु हेर्दै बसिरहन्थी आखिर के नै पो गर्नु छ र । लाग्थ्यो उर्लिरहेका छालहरुको दृश्य आज आँखाको लागि अन्तिम हुन सक्छ या फेरि रहेको यो श्वास अन्तिम हुन सक्छ । बाच्ने नै चाहना नभए पछि छुट्दो रहेछन लयहरु छुट्दो रहेछन तालहरु नत्र किन बेवास्ता गर्थे र त्यति खेर एक नासले चलिरहेका जीन्दगीका लयहरुलाई । खै किन टुट्थ्यो र नाता त्यति लामो समयसँग कवितासँग खैर लेख्न नै पो किन पो थियो र जब आफुलाई बाच्नु नै थिएन भने । त्यति खेर सोचिन सोच्दै सोचिन जिन्दगीसँगको नाता मैले सोचेको भन्दा निकै लामो पो रहेछ भनेर । फेरि पनि प्रकृतिको काखसँग बिताएका हरेक क्षनले यहि नै भनि रहयो जिन्दगीसँग किन भाग्ने को सँग भाग्ने फेरि लाग्थ्यो केहि दिनलाई आफैलाई जिन्दगीको भिक्षा दानमा दिए भनेर एक्लै मुस्कुराइरहे । चाहेर पनि मैले एक पल पनि नचाहेको जीन्दगीसँग भाग्न सकिन सधैको लागि बरु छाडिदिए स्वतन्त्र जिन्दगीका हरेक धुन अनि बन्धनलाई र भनिन जीन्दगीलाई फेरि कैले पनि तैले यसै गर भनेर बरु हिडिरहे हात समाएर जिन्दगीसँग लैजा कता लैजान्छस् भने छाडिदिए सपनाहरु छाडिदिए गन्तव्यहरु सबै सबै जीन्दगीले नै तय गर्दै गर्यो । त्यस पछि न हो धेरै कुराहरु छुटेर पनि जिन्दगीका धागाहरु छुटेनन् । युद्दका मैदानलाई छाडेर भागेका योद्दाजस्तो मैदानलाई छाडेर भागिन दौडिनेहरु दौडिरहे हिड्नेहरु हिडिरहे । म पनि आफ्नै गतिमा हिड्न छाडिनँ । भाग्नेहरु भागिरहन्छन्, भाग्नेहरुसँग सायद कारणहरु थिए होलान् । मसँग पनि कारणहरु बन्दै गए । तर जिन्दगीसँग नभाग्नुको एक मुठ्ठि श्वास यदि राम्रो शरिरले पुर्ण हुन्थ्यो भने किन डुब्थे मानिसहरु नसाको अन्धकारमा अनि किन हराउथे जुवाको खालमा आखिर जीन्दगीका कसैको साथले मात्र पुर्ण हुन्थ्यो भने निह्याल्दै गए एक अर्काका भएर पनि कुकुर बिरालाझै लडिरहेका जोडीहरु । सन्ताहरु जन्माउनेहरुलाई यसो निह्याले न सन्तानहरु जन्माउनेसँग खुसि थिए न जन्माउनेहरु नै जन्माएका सन्तानहरुसँग। न जागिर खानेहरु जागिरसँग सन्तुष्त थिए न व्यापार गर्नेहरु नै व्यापार व्यवसायसँग फेरि सोचे आखिर के चाहन्छ यो मन एक मुठ्ठि खुसिको त्यान्द्रा जसको लागि मानिसहरुको करोडौको महलमा रहदा पनि निन्द्रा हराएको छ खुसि हराएको छ या भनौ निदाउन सकेका छैनन । त्यस पछि सोचे जीन्दगी कतै हराएको छैन भलै कयौ सपनाहरु हराए होलान छाडिदे गुनासका पोकाहरु मरिनै मेटेको भए पनि के नै पो गर्थिस होलास र साएद कुनै कार्यालयमा आफुलाई घोटिरहन्थिस होलास या अन्य नै केहि आखिर यो झयास जीन्दगीमा सबै भन्दा बढि समय दिनु पर्ने त आफुलाई नै हो क्यारे जस्को कारण त यो मैदानमा छेस केहि प्राप्त गरेर मानिसहरु खुसी हुने भए नत्र किन भाग्छन त मानिसहरु जीन्दगीका मैदानलाई अधुरो छाडेर ।
लामो समय सम्म यसरी नै जिन्दगीसँग कुरा गरिरहदा जिन्दगीले चियर्स गर्दै त्यसै गरि भनिरहन्छ र ऊ आश्चर्यमा पर्छ यतिका लामो समय पछि पनि मलाइ भेटाउदा र मुस्कुराउदै भन्छ, ओइ हिँड, एक कप चिया पिउने होइन ? बाँकि हाम्रो कुरा त छदैछ जीन्दगीको मैदानमा हार मान्नेहरु अनि ए निरस अनुहारहरु जसको कारण तिमीहरु यो मैदान छाड्दैछौ आखिर उनिहरुले पो कति दिन सम्झन्छन ररु सम्झिनेहरुले पनि त बिस्तारै बिस्तारै भुलिदिन्छन् जिन्दगीको नदिमा बगिरहेको उर्लदो भेलसँगै ।
केहि पल सारा सम्झनाहरुलाई बगाएर उनिहरु दौडिरहनेछन बस दौडिरहनेछन। म भने बिस्तारै निहयालिरहेछु जीन्गीकै हात समाएर जीन्दगीसँग भाग्नेहरुलाई र भनिरहेछु ओ जीन्दगी थाहाँ छ तिमीलाई म तिम्रो कुनै अपेक्षाहरु अनि सपनाहरु पुरा गर्न सक्दिन र गर्नु पनि छैन ,केवल हिडिरहने हो चुपचाप चुपचाप तमासा हेरेर । बस्, तिमी मेरो हात भने यसरी नै समाइरहनु ल ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)