
खान बस्न त दिएकै छौ नि, फेरि किन दिनु बहिनीलाई जिउने खेत ?

लघुकथा: जिउनी खेत
तारा केसी
काभ्रे, पनाैती
बा याे चाेटी धेरै गल्नुभयाे । उठेर अब हिड्नु हाेला जस्ताे लागेन । बाकै इच्छा अनुसार गाईदान-दशदान सबै गरियाे । साँझपख बाले केही भन्न खाेजे झै गरेर सबैलाई बाेलाउनु भयाे । दाइ बाकाे टाउकाे नजिकै गएर बस्नुभयाे । भाइ बाकाे खुट्टा नजिकै बस्याे । म र आमा बाकाे दायाँबायाँ बस्याै । भाउजू बुहारी भात भान्सामा थिए ।
बाले दाईकाे मुखमा आँखा घुमाउदै भन्नुभयाे ।
“जेठा ! मैले भाकाे चलअचल सम्पत्ति तिमीहरू दुई भाइकाे नाममा गरिदिईसकेकाे छु । हाम्राे जिउनी राखेकाे त्याे थाेत्राबेशीकाे खेत म बहिनीलाई दिन चहान्छु । तँँ के भन्छस् ?”
दाईले एकछिन गमे जसरी भन्नुभयाे, “ठिकै छ बा ! यसमा मेराे केही भन्नू छैन । मेराे मञ्जुर छ । हाम्री एकमात्र चेली । दुई भान्जीहरू छन् । हाम्राे साथमा बस्छन् । म त खुशी छु ।”
दाईकाे कुरा सुनेर बाकाे चेहेरा अलिकति उज्यालाे भए जस्ताे लाग्याे । फेरि बाले आमालाई साेध्नुभयाे, “तिम्राे के बिचार छ हेमकला ?”
आमाले आँखाबाट बगेकाे आँसु पछ्याैरीले पुछ्दै भन्नुभयाे, “मेराे पनि यहि इच्छा छ । बालखाकालमा बिहे गरेर दियाै । धेरै दु: ख पाई ज्वाईकाे घरमा । जन्मेकाेे छाेरा नबाँचेपछि ज्वाईले अर्काे बिहे गरे । फूलजस्ती नातिनीहरू छन् । माइतीमा बसेर यस्ले हाम्राे खुब सेवा गरेकी छ । छाेरा छाेरी दुबै हाम्रा सन्तान हुन् । जसलाई पिढा भए पनि हाम्राे मुटु दुख्छ ।”
त्यसपछि आमा बाेल्न सक्नु भएन । बाले यहि प्रश्न भाईलाई साेध्नुभयाे ।
भाईले नसाेचेकै उतर दियाे, “खान बस्न त दिएकै छाै नी, फेरि किन दिनु पर्याे जिउने खेत ?”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)