छाडेको थिएँ, अब हरेक शनिवार ‘पात्र’ लिएर आउँछु

भरत शर्मा

महासंकटको समय हामी सबैले भुल्दै छौं । कोरोना महामारीले विश्वलाई त्रस्त बनाएको त्यो समयको कुरा हामी सबैले भुल्नै पर्छ । अब नयाँ सोच र सिर्जनाका साथ अगाडि बढ्नुको विकल्प छैन । कोरोनाकालको कुरा अब पुरानो कुरा हुन थालेको छ । हामीले महामारीलाई सामना गर्दै अब नयाँ कार्ययोजनाका साथ अगाडि बढ्दै अग्रेजी नयाँ बर्ष २०२३ लाई स्वागत गर्ने समय नजिक आउँदै छ ।

त्यसो त महामारीले हरेक जनजनको मनमा केही न केही दुःख र पीडा छोडेको छ । हरेक मानिसभित्र कथाबस्तु दिएर गएको छ । कथा कति व्यक्त भए भने कति अव्यक्त भएर रहेका छन् । कोराना महामारीकालमा नेपालनाम्चामा १ सय ३० दिनसम्म लगातार कोरोना डायरी लेखेँ । महामारीको समयमा लेखन मेरो साथी भएको थियो । कर्मयात्रामा फर्किएपछि लेखन यात्रा रोकियो ।

महामारीपछि एक झमेट तीर्थयात्री र पर्यटकहरु नेपाली ओर्लिए । पशुपतिनाथ, मुक्तिनाथको यात्रा गर्ने यात्रुहरुको सेवा गर्दैगर्दा महामारीका पीडा पनि भुलेजस्तो भयो । यात्रीहरुले अनेक अनुभव सुनाए । हरेक बर्ष पशुपतिनाथ र मुक्तिनाथ यात्रा गर्ने यात्रीले करिव दुई बर्ष त तस्वीरमात्र हेरेर मनमनै यात्राको अनुभव गर्दाको यात्रीको कथाले मन छोयो ।

यस बर्ष अर्थात् सन् २०२२ मा नेपालको प्राकृतिक सौन्दर्य, अध्यात्मसाधना र मनोहर दृश्यका अनुभव र अनुभूति गर्न यात्रु र हिमाली दृश्ययात्री दुवैको संख्या बृद्धि भयो । पर्यटन क्षेत्रले केही हदसम्म भए पनि महामारीक कम भएको सुखानुभूतिहरु गर्ने अवसर मिल्यो । विगत १५ बर्षदेखि तीर्थयात्रीको सेवा गदैै आएको पदप्रदर्शक–व्यवसायी मैले विगत दुई बर्ष (सन् २०२०, २०२१) लाई भुल्ने गरी सन् २०२२ मा मजैले कामहरु गरेँ ।

आगामी दिन कस्तो होला ? ज्योतिषको विद्यार्थी हुँ, पुर्खा (हजुरबुबा)को विडो थामेर बसेको छु । धर्म, संस्कतिको अध्ययन र अध्यापनमा समय खर्चेछु । त्यसैले मलाई मित्रमण्डलीले सोध्ने गर्नुहुन्छ, तपाईको विचारमा आगामी दिन कस्तो होला ? यो प्रश्नको उत्तरमा हरेक साँझ घरघरमा गुरुकुलीय शिक्षा अभियान अन्तर्गत हुने ज्योतिषशास्त्रको कक्षाको समयभन्दा अघि र पछि घोत्लिन्छु । कोराना महामारीले हामीलाई दुःख, पीडा मात्र दिएर गएन । त्यसले हामीलाई गजबको पाठ सिकाएर अन्तिम यात्रामा छ भन्ने मेरो ठम्याई हो ।

मैले पढेको ज्योतिषशास्त्रले भन्छ, समय पहिले जस्तो होइन तर अझै पनि सुखद समयचाहिँ आइसकेको छैन । सन् २०२५ सम्म अझै उल्झनहरु बेर्होदै अगाडि बढ्नु पर्छ । त्यसपछिको समय भने मानव जगतका लागि हर्षमय हुनसक्छ ।

केही समय अगाडि पशुपतिनाथमा एक सन्त आउनुभएको थियो । उहाँसँग मेरो चिनजान भएको करिव दशक भयो । पढेको इन्जिनियरिङ, जन्मिएको दक्षिण भारत, काम गरेको अमेरिका, घुमेको विश्व, अहिले पशुपतिनाथ, देवघाट र मुक्तिनाथ यात्रा गरिरहने, स्थायी थलो नभएको, काशी, हरिद्धार, ऋषिकेश भ्रमण गरिरहने सन्त । कुनै आश्रम र कुनै चेला नभएका ज्ञानी, ध्यानी सन्त नेपाल आउँदा हरेक साँझ उहाँसँग कक्षा लिन जानु पर्ने मेरो बाध्यता थियो ।

नेपालमा एक महिना पशुपतिक्षेत्रमा बस्दा हरेक साँझ जानुपर्ने । एक दिनको विषय फरक रहेपछि घुमिफिरी समाज, संस्कृति, दर्शन र अध्यात्मका हाम्रो छलफल समापन ।

संस्कृत, अग्रेजी, हिन्दी, कन्नड, केही नेपाली भाषा समेतका ज्ञाता सन्तले अन्तमा भन्नुहुन्थ्र्यो, अझै केही समय महामारीलेले कुनै न कुनै रुपमा मानवजगतलाई त्रस्त बनाउने छ । समाजमा संस्कृति हराउँदै छ, व्यक्ति असामाजिक हुँदै छन, घरभित्र कलह बढ्दै छ, शैक्षिकस्तर कमजोर हुँदै छ, सामाजिक सञ्जालले मानिसको अध्ययन र चिन्तन गर्ने बानी बिगार्दै छ । मानिस मनमौजी हुँदैछ, अनुशासनहिन हुँदै छ र सामाजिक अर्थव्यवस्था पनि विग्रदै जाने छ ।

शुरुका दिनमा सन्तका दार्शनिक शब्दहरुको अर्थ खोट्याउन मुश्किल पर्यो तर पढेर घर फर्कदै गर्दा शब्दहरुका अर्थ बुझ्दा आफूलाई अनेक अनुभव र अनुभूति हुने गर्दर्थो ।

एक दिन मैले सन्तलाई प्रश्न गरेँ, विश्व, नेपाल र भारतको राजनीतिको बारेमा यहाँको विचार के छ ?

सन्तले एकै शब्दमा भन्नुभयो, विश्व राजनीति शुभ र लाभको केन्द्रविन्दुमा चलेको छ ।

यो कुरा नबुझे जस्तो गरी आपकी वात मुझे समझ में नही आया भन्दै दोबारा फिर प्रश्न पुछा तो सन्तले डाँटा ।

यसको उत्तर आज होइन, भोलि बताउँछु पढेर आउनु भनेर कक्षा सक्नु भयो ।

राजनीतिमा शुभ र लाभ भनेको के रहेछ ? यो प्रश्नको उत्तर कसलाई सोध्ने होला भनेर पशुपतिदेखि धर्मस्थलीसम्मको यात्रामा गम्दै फर्किए ? भोलि साँझ उत्तर कसरी दिने होला । सन्तले छुट्टिने बेलामा भन्नुभएको थियो, कल नेपालको राजनीतिक नेता और दलका बारेमा आपको कुछ जानकारी लेकर आना होगा ।

मैले नेपालका नेता र दलहरुको बारेमा दुई दशकको पत्रकारिता यात्राका अनुभव र नेपालको राजनीतिक दलका बारेमा आफैले अनुभव गरेका र बुझेका कुरा सम्झेँ ।

भोलिपल्ट साँझको हाम्रो राजनीतिमा शुभ लाभको छफफल पनि अविस्मरणीय रह्यो ।

हरेक बर्ष चार्तुमास (असारदेखि कार्तिक महिना) समयमा नेपालमा यात्रामा आउनुहुने सन्त यस पटक पशुपतिनाथ र देवघाट यात्राबाट उहाँ ऋषिकेश फर्कनु भयो । उहाँले देवघाट यात्रामा यसपटक २३ किलोमिटर देवघाटयात्राका पदैल परिक्रमा गर्नुभयो । देवघाटका बारे उहाँका अनुभव अर्को श्रृखलामा लेखौला ।

सन्तको कुरा गरियो तर उहाँको नाम के हो भनेर तपाईहरुले प्रश्न गर्नुसक्नुहुन्छ, मैले पनि लेख्नुपर्छ । उहाँको पछिल्लो नाम हो सदाशिव । शिवको भक्त भएकाले उहाँले आफ्नो नाम सदाशिव राख्नुभएको हो ।

लेखनयात्रा रोकिएको महिनौं भयो, अब राकिनु हुँदैन, लेख्न छोडियो कि क्या हो भन्ने प्रश्न धेरै भए । मेरा पत्रकारिता गर्दाका सखा मित्र, शिक्षा, स्वास्थ्य, संस्कृति र अध्यापनमा लागेका सहपाठी, गुरुजन आदि सबैले भन्नुभयो, लेख्न छोड्नु भएन । केही दिन अगाडि आफूले पढेको रत्नराज्यलक्ष्मी क्याम्पस र बाल्मिीकी विद्यापीठ र अहिले पढ्दै गरेको त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागबाट लेखन रोकिनुको कारण खोजी भएपछि अब चाहिँ आफूले आफैलाई प्रश्न गर्दै लेख्नु पर्ने भयो ।

नेपालनाम्चाका सम्पादकलाई भनेँ, अब फेरि लेखन शुरु गर्ने भएँ । हरेक शनिबार नेपालनाम्चामा लेखन हाजिरी, हप्तामा एक दिन खरिबोट अदालतमा भेट, पशुपतिनाथको अध्ययन मण्डलीमा दर्शन, आफ्नो दैनिक रोजीरोटीको खेती, विश्वविद्यालयका छात्रछात्रालाई समाज, संस्कृति सिकाउने कक्षा र त्रिभुवन विश्वविद्यालयमा हिन्दी साहित्यसको रसपान लगायतका सबै अभियान जारी रहने छ ।

सन्त सदाशिव अर्को बर्ष कार्तिक महिनामा नेपाल आउनु हुनेछ । त्यसअघि म पनि शिवको मुल निवास कैलाशको बाटो हुँदै कर्म क्षेत्र चीन यात्रामा फर्कने तयारीको शुरुवात तयारी गर्दैछु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button