![](/wp-content/uploads/2022/12/Screenshot_20221205-092206_Gallery-780x470.jpg)
‘यु लुक लाईक पोर्नस्टार मिया खालिफा! लेट्स मेक सम भिडियोज टुगेदर’
सामाजिक सञ्जाल र महिला हिंसा
मेनका गिरि
आजको युग डिजिटलाइजेसनको हो । समाज विकासको आजको समयमा विज्ञान र प्रविधिको अत्याधिक प्रयोग भईरहेको छ । डिजिटलाइजेसनसँगै इन्टरनेटको व्यापक विस्तार भईरहेको छ । इन्टरनेटको सबैभन्दा ठुलो उपयोग सामाजिक सञ्जालको प्रयोगमा भईरहेको छ ।
सामाजिक सञ्जालले हाम्रो जीवनमा सकारात्मक प्रभाव पारेको छ भने यसका नकारात्मक पक्षहरु पनि छन् । आजको समयमा सिमान्तकृत समुदायको लागि सामाजिक सञ्जाल शक्तिशाली आवाज बनिरहेको छ । तर महिलाहरुको सन्र्दभमा भने सामाजिक सञ्जाल हिंसा र दुरव्र्यवहार फैलाउने माध्यम पनि बनिरहेको छ । यस सन्र्दभमा प्रश्नहरु उठ्दछन्, के महिलाले साँच्ची नै सामाजिक संञ्जालमा आफुलाई सुरक्षित महसुस गर्न सकेका छन् त ? के साँच्ची नै महिलाले स्वतन्त्र रुपमा खुलेर संञ्जालको भरपुर प्रयोग गर्न सकेका होलान त ? यि प्रश्नहरुले मलाई एउटा नमिठो घटनासँग साक्षात्कार गराउँछन् र त्यतिवेला मेरो मनस्थिती गिजोलिन्छ ।
एक महिना पहिलामात्रै मैले आफ्नो फोटो फेसवुक स्टोरीमा शेयर गरेकी थिएँ । मलाई एक जना केटा साथीले म्यासेज गर्यो, “यु लुक लाईक पोर्नस्टार मिया खालिफा । लेट्स मेक सम भिडियोज टुगेदर ।” यति लेखेर उसले हासेको इमोजीसहित आएको म्यासेज पठायो ।
त्यो म्यासेज मलाई अत्यन्त अश्लिन लाग्यो । मैले उसलाई सबै सामाजिक संञ्जालबाट ब्लक गरेँ तर मलाई त्यो घटनाले धेरै दिनसम्म विक्षिप्त बनाईराख्यो ।
मेरो साथी सावित्री बताउँछिन् कि उनलाई एउटा सामाजिक संञ्जालको फेक एकाउण्टबाट म्यासेज रिकोइस्ट आयो । उनले म्यासेज खोलेर हेर्दा अश्लिल तस्वीरहरु थिए । उक्त तस्वीरसँगै लेखिएको थियो, “तिम्रो कति सेक्सी फिगर, प्लिज मेरो रिक्कोइस्ट एक्सेपट गरन ।” त्यो म्यासेज देख्दा उनलाई एकदम डर लाग्यो । उनले त्यो ब्लक गरिन् र एकाउण्ट डिएक्टिभेट गरिन् । त्योे घटनाले उनलाई धेरै दिनसम्म तनाव दिईरह्यो ।
![](/wp-content/uploads/2022/09/20220911_231643-1-1024x657.jpg)
यस्तै अर्की साथी रन्जीता (नाम परिर्वतन) जब किशोरी उमेरमा थिइन्, फेसबुकको कुनै भाइरल गुप्रमा कुनै एक जना अन्जान केटाले उनको एउटा फोटो पोस्ट गरेको रहेछ । त्यो फोटोमा उनलाई फोकस गरेर केटाले आफुसँगै उनको तस्वीर पनि लिएको रहेछ । फोटोसँगै लेखिएको थियो, “यो केटी एकदम सेक्सी लाग्यो, प्लिज चिन्नुहुन्छ भने मेन्सन गर्दिनुहोस् ।” त्यसको तल लगभग चार सय जति कमेन्टहरु थिए जहाँ एकदम अश्लील शब्दहरुको प्रयोग गरिएको थियो । त्यो देखेर उनी छाँगाबाट खसेझै भईन् । उनले रुँदै त्यो पोस्ट दिदीलाई देखाईन् । दिदीले उनलाई त्यो फोटो कहाँ खिचेको भनेर सोध्नुभयो । उनलाई एकाएक त्यो ठाँउको याद आयो जहाँ उनी साथीहरुसंग घुम्न गएकी थिइन् । उनी यो कुरामा अनविज्ञ थिइन् कि त्यँहा उनको तस्वीर कसैले लिइराखेको छ ।
यी त केहि प्रतिनिधि उदाहरणहरु मात्र हुन् । पितृसतात्मक संरचनाले गर्दा हरेक दिन, हरेक बिहान, हरेक साँझ कुनै न कुनै महिलाले समाजिक संञ्जालका माध्यमबाट अनेक प्रकारका हिंसाहरु भोगिरहेका हुन्छन् ।
नेपालमा लिङ्गका आधारमा इन्टरनेटबाट हुने दुव्र्यवहार बढ्दो छ । पुरुषभन्दा महिलाहरु बढी मात्रामा यसका शिकार भएका छन् भने विशेष गरि युवतीहरु बढी प्रभावित रहेका छन् । महिलाहरुलाई सावधानी अपनाउन भन्निछ भने पुरुषलाई आफ्नो मानसिकता परिर्वतन गर्नको लागि कहिले भनिदैन ।
नेपाल साइवर क्रराइम व्युरोले दिएको तथ्यांक अनुसार गत वर्ष तिन हजार पचास उजुरी परेको थियो । अघिल्लो बर्षको तुलनामा साइवर केशहरु तिव्र बृद्धि भएको छ । सामाजिक सञ्जाल र ह्याकीङ्ग सम्बन्धी मुद्दाको संख्या यो वर्षको मंसिरसम्ममा दुइ हजार एक सय चौवन्न पुगेको छ । यो तथ्याङ्कले वास्तविक पिडितहरुको प्रतिनिधित्व गर्दैन । धेरै महिलाहरुले सामाजिक सञ्जालबाट आफुमाथि भएको हिसां र दुरव्र्यवाहारको प्रहरीमा उजुरी गर्दैनन् । उजुरी गरिएका घटनाहरुमध्ये केहिको मात्र अनुुसन्धान हुन्छ ।
सामाजिक संञ्जालको दुव्र्यवहारको कारणले अहिले विश्व नै प्रभावित छ । यसको बारेमा गहन रुपमा छलफल गर्न आवश्यक देखिएको छ । नेपालमा महिलाको हकहितका लागि विभिन्न कानुनहरु भएता पनि आफ्नो इज्जत जाने डर र थप पिडा पाउने भएकोले कानुनी उपचारको वाटो नखोजी त्यत्तिकै छोड्ने गरेकोे उदाहरणहरु प्रशस्तै पाउन सकिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
फेसबुकलाई सुरक्षित तरिकाले चलाउने धेरै उपायहरु छन चलाउन नजन्नाले पनि समस्या आउन सक्छ प्रोफाइल लक् अन्जान व्यक्तिको मेसेज requst कमेन्ट केइ नआउने बनाउन पनि सकिन्छ नदीमा हाम फाल्नु अगी पौडिन आउछ्कि नाई सोच्नु पर्छ.