जिन्दगीमा धेरै आए गए

जिन्दगीको लामो कथा अनि त्यस कथामा नमागिएको पात्र म

रिता खनाल

जिन्दगीमा धेरै जना आए । गए । कोहीले मिठा सम्झना छोडेर गए । कोहीले पिडा दिएर गए त कसैको न्यानो सम्झना, माया, थोरै पिडा दिएर गए । हो यो कथामा नमागिएको पात्र म । मेरो जीवनमा पनि कोही आयो । छोटो समयमै आफ्नोपनको आभास दिलायो । सम्बन्धको कमी पूरा गर्यो । धेरै माया दियो ।

लाग्थ्यो, अब मेरो जीवनमा कोही यस्तो मान्छे आयो जसले मेरो कमी भएको सम्बन्ध मा मिठो मिठास दियो । र, अब हाम्रो कहिले सम्बन्ध टुट्दैन । तर, चाहेका, सोचेका, मागेका हरेक कुरा कहाँ पूरा हुन्छ र ? केही सपना अधुरो नै हुन्छ । भन्छन् नि, आजकलका सम्बन्ध जोड्न भन्दा पनि टुटाउन सजिलो हुन्छ । सानो बहाना चाहिन्छ । कुनै सम्बन्ध टुटाउनको लागि सानो गल्ती नै काफी हुन्छ । हो, यस कथामा नमागिएको पात्रको जीवनमा पनि यस्तै घटना घट्यो ।

Ad

जुन सम्बन्धको कारण हामीले आफूले आफूलाई भाग्यमानी ठान्छौं, त्यही प्यारा मान्छेहरुले सानो गल्तीलाई निसाना बनाएर छोडेर जान्छन् । सम्बन्ध तोडेर जाने मान्छेहरु कति सजिलै भन्छन् है, म तिम्रो लागि मरेँ, गुर्डबाई, अब हाम्रो सम्बन्ध सकियो, मलाई सजिलै बिर्सिन सक्छौ, कहिले नै तिमीले मलाई आफ्नो सोचेको छौं र भुल्न गारो हुन तर ती मान्छेहरु सजिलै भुल्छन् अरुको जीवनमा कसको कति महत्व छन्, त्यो कुरा निणर्य गर्ने कुनै हक हुँदैन, हरेक सम्बन्धको माया कति छ महत्व कति छ भनेर देखाउन जरुरी हुँदैन जे छ आफ्नो मनमा छ ।

मान्छेहरु मरेर गएको मान्छेको त आस गर्छन्, झन् जिउँदो मान्छेको आश र माया लाग्दैन होला त ?

Be happy in your life. Nobody is your own. Just chill!

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button