
किरण दीक्षितले त गुन चुकाइन्
गुनकथा
२०१७ सालअघिकाे कुरा ! उसकाे अफिसमा एकदिन, एक आगन्तुक, बाबुराम पाैड्याल, दिल्लीमा नेपाली सँस्कृत छात्र संघका सचिव– अग्ला, दुब्लै, महेन्द्रनेत्रवाला युवा भेट्न आउँछन् । उसकाे हजुरबुबा पं विश्वनाथ शास्त्री रिमालका शिष्य पं दधिराम पाैड्यालका नाति रहेछन् !
लामै कथा छ । तर याे पनि उसकाे हजुरबुबाले आगन्तुकका हजुरबुबालाई उच्च सँस्कृत शिक्षा हासेल गर्नमा सघाएकाेमा उही गुनकाे कुराबाट कथाकाे याे देस्राे किस्ता शुरु हुन्छ । ती रवाफिला व्यक्तित्व, गाेह्रा, सेताे सुकिलाे मयलपाेशसुरुवालमा सेतै पटुमा बाँधी विष्णुप्रसाद पन्तकाे कालीकास्थानघर पछिल्तिरकाे डेराबाट रानीपेखरी सँस्कृत पाठशालामा पढाउन गएकाे उ झलझली सम्झिन्छ । हुन पनि, यादवप्रसाद पन्तका ती पिताका घरले पछिपछि नाम कमाएका धेरै परिवारलाई डेरा दिई, खृल सुविधाहरस दिई गुन लगाएकाे कथा लामै छ ।
व्याकरणका यी धुरन्धर विद्वानलाई काशिमा अध्ययन गर्नजान प्रारम्भिक खर्च व्यवस्था उसकै हजुरबुवाले गरिदिएका रहेछन्– दुईदुई, पटक । पहिलाे पटककाे मदतकाे भारु ५० त युवा दधिरामले तिहारकाे जुवाले लठ्यिएर खालमा रित्याए छन्, विचरा । दधिरामका यिनै नाति बाबुरामले हजुरबुवाकाे स्मृतिग्रन्थमै उल्लेख गरेकाे यी कुरा धेरैपछि पढेकाे पनि, उसले सम्झ्याे ।
उसले उतिबेलाका ती विद्यार्थीलाई ‘साेभियत भूमि’ पत्रिकामा, महीनामा ५० रुकाे अस्थायी ‘जागिर’ दिनपुगेकाे थियाे, उनै गुनी सम्पादक ओलेख बेनुखलाई मनाएर ।
जीवनभर गुन गाउन छाडेनन्, आफैँ आचार्य, कानूनका स्नातक, अधिवक्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका कानूनी सल्लाहकार तथा कार्यसमिति सदस्य हुँदा पनि घरमा आउँदा हाेस्, वा बाटामा भेट्दा, यस गुनलाई सम्झेर ।
तिनैताका ऊ अफिस काम सकिएपछि कहिलेकाहिँ नेपाली दूतावासकाे अङग्रेजी प्रकाशन Nepal Review का सम्पादक अनि हर्ताकर्ता, उसका पुराना अग्रज, मित्र हरिचरण श्रेष्ठसँगै ईश्वर बरालकहाँ जाँदा एकदिन किरण दीक्षित नाम गरेकी केटीसँग भेट हुँदाकाे गुन प्रसङ्गचाहिँ यस्ताे थियाे ।
Sapru House स्थित Indian Council of World Affairsकाे नेपाली अध्ययन विभागका हाकिम थिए, बरालजी तिनताक । त्यहीँ विद्यार्थी किरण कुनै अनुसन्धान कार्यमा संलग्न थिइन् । बलरामपुर निवासी सम्भ्रान्त आचार्य दीक्षित परिवारकि किरण स्वावलम्बी वृत्तिकि रहिछन्, अतः उनलाई पनि पार्ट टाइम ‘जागिर’काे खाँचाे रहेछ । यता ‘साेभियत भूमि’मा पाठकपत्रकाे ओहिराे लागिरहेकाे थियाे । उसँग ती सबकाे अनुवाद गरी सम्पादक समय पुग्दैनथ्याे, सम्पादक बेनुखलाई बुझाउन । उनै बेनुखकाे मदतबाट किरणकाे पनि गर्जाे टर्याे– रकम उही ५० रु मासिक ।
रमाइलाे कुरा, पहिलेकि मिसक्षेत्रीसँग छुट्टिनुपर्दा उसित राम्रै रिसाएका महिला कर्मचारीहरु अब अकस्मात् नेपाली नै तर बढी शिक्षित र फरासिली साथी पाउँदा प्रसन्न, ऊसँग पनि, किरणसँग पनि ।
समयकाे चक्र, ऊ पहिलेकाे बौद्धिक ‘सर्वहारा’लाई पुन: साेही गतिमा नेपाल फर्किनु पर्याे । यता, किरण दीक्षित मिस्र भइछिन्, सँगसँगैका research scholar रहेछन् मिस्रजी, खँदिली अनुसन्धानकर्ता, लेखिका अनि Jawaharlal Nehru University मा अध्यापिका भइछन्, किरण । यसै क्रममा प्रकाशप्रसाद उपाध्यायसित मिस्र दम्पतिकाे मित्रता बाक्लिँदै गएछ । अनि उनी पनि प्रकाशसँग उसकाे आफ्नै उठबस र सम्बन्ध थाहा पाएपछि उसकाे गुनकाे बखान गर्न थाक्दिरहिनछिन् ।
किरण सेवानिवृत्त भई स्वतन्त्र लेखिका पनि भई दिल्लीकै Noida – II भित्रपर्ने भाेपूरामा घर किनेर बसेकाे समयमा ऊ मधुकाे पाठेघरकाे अलि गम्भीर शल्यक्रियाका लागि दिल्ली जान लागेकाे थाहा पाएर प्रकाशले किरणकाे उसित भेट गर्ने र आफ्नाे नेपाली रचनाहरु प्रदान गर्ने इच्छा भएकाे बताए । सम्भव भए भेट गर्न किरणकाे फाेन नम्बर दिए । ऊ बस्न पुग्याे Greater Kailash -II मा, उनी Noida– करिब ३० किलोमिटर वरपर, हाेला ! त्यसमाथि, दिल्लीकाे कुख्यात सडम जाम ! उसले भेट्ने संयाेग असम्भव ठान्याे । तैपनि फाेनमा कुरा गर्ने र पुराना दिन सम्झिने इच्छा राेक्न सकेन । किरणकाे खुशीकाे ठेगाना नभएकाे त फाेन अभिव्यक्तिबाट नै बुझिन्थ्याे– उनले दिँउसाे खानाकाे निम्तासहित आफ्नाे माेटरगाडी पठाउने भइन् । तङ्ग्रिने क्रममा भए पनि बिरामी मधुले ‘त्यति आग्रह गरी बाेलाएकाे, जानू नि ! यहाँ म एक्लै हुन्न’ भनिन् । किरणकाे घर जाने बाटाेमा Samachaar Apartments
Conclave पर्थ्याे– पुराना मित्र सुरेन्द्रकुमारकाे फ्ल्याट पनि त्यहीँ, नओर्ली हेर्दैगयाे ऊ, भावविह्वल हुँदै । साेभियत संघ विघटन भएपछिकाे सरकारले पहिलेका कर्मचारीहरुलाई दिएकाे एकमुष्ट हर्जानाबाट बनेकाे रहेछ, जुन सुविधाबाट ऊ र उसका अरु नेपाली सहयाेगीहरु किन र कसरी वञ्चित भए, ऊ जान्दैन ।
जे हाेस् ! यमुनापारी धेरै पर Noidaकाे त्यही ठाँउमा DDA अपार्टमेन्टस! उनकाे घर ,काेठा, वातावरण अनुसन्धानशाला जस्तै, किताबै किताब, अलि अव्यवस्थित– कवि,शायर र,कलाकारकाे घरमा जस्ताे, पायाे उसले । किरण उस्तै, पुरानै कदकि, सहज, साधारण । अनुसन्धानकाे व्यस्त जीवनकाे छाप टडकाराे थियाे । छाेराबुहारी बङ्गलाैरमा– पति पनि केही दिन छुट्टी बिताउन उतै गएका ।
उही गुनकाे कुरा गर्दै उनले उसलाई गणेशमान सिँहबारेकाे किताब दिइन्, शुभकामनाका शब्द लेखिएकाे । त्यस पुस्तकमा सिँहबारे उसका पनि केही अभिव्यक्ति रहेका थिए । अनि ‘टुण्डिखेलकाे खरीकाे बाेट’ बारे किताब लेख्ने याेजना बताइन्,– पछि लेखिछाडिन्, प्रकाशले एकदिन उसकाे घरमै आएर दिए ।

आत्मीय कुराकानीपछि किरणबाट उसलाई खानाकाे प्रस्ताव आयाे । आफ्ना पाहुनाकाे स्वागतमा टेबुलभरि खाना राखेकी थिइन्, उनले, माछामासुका अनेक परिकार ! बियर सर्भ नपाएकाेमा खेद जनाइन् । आफू पूरै निरामिष भएकाे र, बियर नभएकोमा घरपेटीले द जनाउन नपर्ने पनि भएकाे उसले बताउँदा किरणकाे चेहरामा छाएकाे आाश्चर्यसँगै दुखित भाव अहिले पनि उसकाे सामु आइरहेकाे छ । बिदा हुने पनि बेला आयाे– किरणकाे भित्तेघडीले दुई बजिसकेकाे जनायाे । अचम्मकाे भेटघाटबाट पनि सन्ताेषजनक प्रसन्नता जनाउँदै किरणले नमस्कारसहित बिदा गरिन्, फेरि भेटाैँला भन्ने शुभ चलनअनुसार,माेटरगाडीकाे ढाेकासम्म पुर्याउँदै ।
४० वर्ष पहिलेकाे गुन यस्ताे आदरसम्मान र आत्मियताकाे भावले चुकाइन्, किरण दीक्षित मिस्रले ! अहिले उनी बङ्गलाैरमा बस्दछिन् भन्ने उसले सुनेकाे छ ।
ऊ गाडीमा टाेलाएर #गुन#काे महिमा र महत्त्वमा घाेत्लिँदै गयाे । अचम्म पनि कस्ताे, उही Samachar Apartments आइपुग्दा उसकाे तरङ्ग टुट्यो । सडकबाट नै सुरेन्द्रकाे घरकाे ब्लक देखिन्थ्याे । भेट गर्न जान नपाउँदा उ अत्यन्त खिन्न भएकाे थियाे। दिल्ली जाँदा पहिलाे पटक उ त्यस हार्दिकताले भरिपूर्ण अतिथिपरायण घर जान चुकेकाे थियाे । मनमा एकतमासकाे केही अशुभताकाे पूर्वाभाष भइरहेकाे थियाे । झण्डै पाँच घण्टापछि उ डेरा फर्क्याे । तर मनकाे गह्राैँपन रहेकाेरह्यै थियाे । मधुकाे उपचारक्रमा उसलाई त्यहाँकाे डेरा छाडी गुडगाँव Medicity अस्पताल नजिक डेरा सर्नु पर्याे । उसले अघिल्लाे साँझ सुरेन्द्रकहाँ फाेन गर्याे– उसकाे उही शैलीकाे घन्किँदाे आवाज । के भाे, कसाे भयाे यसबीच नबताउँदा पनि सब व्यक्त हुन्थ्याे । उनले साह्रै चित्त दुखाए। सबभन्दा दुखद कुरा, उनले सकिनसकि आफ्नी पत्नीकाे निधनकाे खबर सुनाए। हालै मात्र भएकाे रहेछ। जीवनकाे नियम, अरु पनि चर्चा हुँदा मधु र उसले मनपराए, पार्क घुमाउन लैजाने सानी नातिनी बेतुल अब कलेज पढ्ने भइसकिछन् । तिनै बेतुल– वसुन्धरा बिजनवाले केही वर्षपछि एकदिन ‘दादाजी, बहुत मुश्कील से आपका फाेन नम्बर ढूँढ निकाली, मैने।आप काे बताए बिना नही रह सके, हम । आप के प्यारे सुरेनभाइ, हमारे अपने परम प्यारे दादाजी अब नहीँ रहे । पापा, ममी सब आप काे बहुत याद करते हैँ । अब की बार दिल्ली आए ताे जरुर आइएगा, हमारे यहाँ’– रुँदै भनिन् । मधु र उसलाई फेरि दिल्ली जाने सम्भव भएन । तीन वर्षअघि पूर परिवार काठमाडौंँ, पूर्व सूचनाअनुसार आयाे । उसकहाँ बस्न क्यै गरे पनि मानेनन् । एकदिन दिनभरि बस्न, खाना खान आए । बेतुलकाे के बयान गर्ने– रूपरङ्ग, बाेलीवचन, शीलस्वभाव अनि विद्वता– सबमा प्रखर । उसैले सुरेनभाइ र उसकाे सम्युक्त फाेटाे दिइन्–सन् 1983 काे मार्च महीनामा मास्काेमा भेट हुँदा उनकाे फ्ल्याटमा छाेरा प्रदीपले खिचेका रहेछन् । पाेलपाेट- माओवादी आतङ्कारी शासनबाट कम्बाेडिया मुक्त भएकाेमा ऐक्यबद्धता जनाउन आयाेजन भएकाे अन्तर्राष्ट्रिय गाेष्टीमा नेपाल अफ्राे- एशियाली जन ऐक्यबद्धता समितिकाे तर्फबाट ऊ भाग लिनजाँदाकाे कुरा ! त्याे फाेटाेले उसलाई राेमाञ्चित गर्याे भने, आज त अनेक मार्मिक-भावुक घटनाक्रम सम्झायाे– राजधानी नाेम पेन्हकाे मूलसडकका खाेस्लामा लाखाैँ- करोडौं सलबलाउँदा राता कीराहरुले हत्या गरी फ्याँकिएका पाेलपाेट शिकार मान्छेका टाउकाेहरुलाई घडीकाे लङ्गूरलाई हल्लाए जसरी हल्लाइरहेकाे, कतै मारिएका मानिसका लाशकाे खरानीकाे रासमाथि हिँड्दै, कतै टाउकाेका पहाडमाथि टेक्दै, कतै हिटलरे Auswitch यातना मृत्युशिविरभन्दा पनि क्रुर यातना शिविर, धाराकाे पानी अझै जाेड्न नसकिएकाे राजकुमार नराेद्दम सिँहानूककाे राजदरबारमा उसकाे र अन्य प्रतिनिधिहरुकाे बसाई, अन्तर्राष्ट्रिय गाेष्टीकाे अनुभव आदि बटु्ल्दै ऊ भियतनामी सैगठनकाे निमणतामा हनाेईकाे सुरमणीय हनाेई तालनिरकाे क्यूबाकाे सरकारले उपहारस्वरूप बनाइदिएकाे भव्य मैत्री अतिथिगृहमा बसाई, अनि त्यहीँ नेपालकाे पाँच बजे तर हनाेइमा प्रभातकाल हुन घण्टाैँबाँकी हुँदा उसले आफ्ना सबै अुनभवलाई अङ्ग्रेजीमा लेख्ने गरी सकेकाे, मास्काेमा सुरेनभाइकाे फ्ल्याटमा जाँदा उनलाई लेख देखाएकाे, उनीबाट ‘साह्रै राम्रा’ भन्ने उद्गार भएपछि त्यसलाई परिष्कृत उनलाई अनुराेध गर्दा त्यसलाई अन्तर्राष्ट्रिय स्तरकाे आलेखरूपमा तयार गरी, टाइप कपी उसलाई दिएकाे, त्याे लेख नया दिल्लीकाे प्रख्यात साप्ताहिक LINK मा छापिई, ऊ तिनताक घर फर्किनेक्रममा दिल्लीमै रहँदा लेखले सह्रनी पाएकाे, त्यसअघि मास्काेमा पुराना हाकिम अबका मित्र बेनुखसँगकाे भाविवभाेर भेटघाट APN अफिसमा, सुरेनभाइकै रायअनुसार नेपाली राजदूतावासमा आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्नजाँदा तत्कालीन नेपाली राजदूत, उसकाे मावलीपट्टिबाटका घनिष्ट, नाताबाट त भतिजा, उमेरबाट मयालु बाबे दाइ, विश्वेश्वरप्रसाद रिमालसँगकाे रमाइलाे हार्दिक भेटघाट, सुरेनले बन्दाेवस्त गरिदिएकै ट्यक्सीबाट आफ्नाे हाेटल फर्केकाे, एकदिन क्रेमलिन दरबारपरिसर घुम्न जाँदा नजिकैजसाेबाट साेभभियत कम्युनिष्ट पार्टीको महासचिव यूरी आन्द्राेपाेभलाई देखेकाे, मास्काे भ्रमणताका आफ्नाे गाइड रहेका APN का निकै माथ्ला स्तरका व्यक्तिलाई आफ्नाे यात्रा अनुभवकाे लेखदिँदा अब साेभियत शासनव्यवस्था यस्ता प्रशंसाकाे याेग्य नभएकाे, साेभियत समाज तलतल गिर्दै गएकाे, यूरी आन्द्रापाेभ नेतृत्व त आएकाे तर स्थिति सम्हाल्न ढीलाे भइसकेकाे,सबै एकएक गरी सम्झ्याे, अनिझन टडकाराे लाग्याे उसलाई आन्द्राेपाेभकाे गम्भीर-उदास भावकाे चेहरा । मिखाइल गाेर्बाचेभकाे समयमा त, विचरा उनी आफन्तकै चक्रव्यूहमा परिसकेका थिए। अनि सम्झ्याे– आफ्ना परम आदरणीय पिता आफ्नाे लामाे यशश्वी जीवनकाे आखिरतिर अन्तर्राष्ट्रिय महत्त्वकाे विदेशयात्रामा गएकाे आफ्नाे पुत्रकाे घरजम हेर्न मधुलाई सघाएकाे ।
ओहाे,सुरेनभाइले उसलाई ‘साेभियत भूमि’ पत्रिकाकाे समयमा अनुवादकलामा तथा समुचित शब्दचयनमा सघाएकाे पनि नसम्झिरहन सकेन । गुन लगाएकाे कुरा गर्दा उनी ‘के जिस्काएकाे मलाई !’ भन्थे । अनि ‘आखिर तिमीहरु त हाम्रा पहिलेका मालीक नै त थियाै’ भनेर पनि ठट्टा गर्थ्ये । यी सबकाे सम्झनाले उसकाे मुटुलाई त्यसदिनकाे घटनाले झनै छियाछिया पारेकाे थियाे ।
र अब, केही महीनाअघि, आफ्नाे इलाका नजिकै दीनदु:खी, बेसहारा जनकाे सेवामा लागेका बेतुलका पिता डा. प्रदीप बिजनवाल काेराना संक्रमणकालमा यसै वर्षकाे मध्यतिर आफैँ अस्पतालमा अक्सीजन नपाई हृदयविदारकरूपमा निधन भएकाे खबर बेतुलले सुनाउँदा मधु र ऊ त मर्माहत नै भए।
बेतुलसँग बराबर नेटसम्पर्क हुँदा पनि ऊ आफूलाई सम्हाल्न सक्दैन । अस्तिका दिन उसकाे जन्मदिनमा शुभकामना आउँदा उसले बेतुलसँग कुरा गर्न नसकेर messengerद्वारा भाव व्यक्त गरेकाे थियाे ।
गुनकाे कथामा आफैँले गुन चुकाउन चुकेकाे यस दुखद प्रकरणबाट अब ऊ यसरी बिट मार्न गइरहेछ, सबैमा जय नेपालकाे हार्दिक अभिवादन ज्ञापन गर्दै ! सुन्नेलाई सुनकाे माला … भन्दै !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
