हरेकको भाग्यमा बाबाको माया कहाँ लेखेको हुन्छ र ?

रिता खनाल

आज कुशेऔँसी अर्थात बुबाको मुख हेर्ने दिन । बाबा हुनेले त बाबा को मुख हेरेर कुशेऔँसी मनाउँछन् । तर, बाबा नहुनेले त्यही भित्तामा झुण्डेको फोटो हेरेर चित्त बुझाउनु पर्छ ।

बाबा हामीले ले पनि १५ वर्षदेखि त्यही भित्तामा झुन्डेको फोटो हेरेर चित्त बुझाउनु परेको छ । सायद हजुर हाम्रो साथमा हुनु भाको भए हाम्रो लागि पनि यो दिन कति खुसी साथ बित्थ्यो होला है । सायद मैले पनि अरूले जस्तै आफ्नो बाबाको लागि कुशेऔँसीको दिन उपहारहरु किनेर ल्याउँथे होला । हजुरसँग यो दिन सँगै हुन्थे होला । हजुरको मायाको अनुभव गर्न पाउँथे होला । हजुरको त्यो काखलाई सिरानी बनाएर सुत्थेँ होला । तर, हजुर हाम्रो साथमा हुनुहुन्न नि बाबा ।

मलाई थाहा थिएन, यो संसारमा हजुरबिना जीवित रहन यति गारो हुन्छ भनेर । जब बुझ्दै गएँ, लाग्छ मेरो सम्पूर्ण जीवन अर्थहीन भएको छ हजुरबिना । धेरै याद आउँछ बाबा । हजुरको फोटो नहेरेको कुनै दिन हुँदैन । हजुरको याद त सधैं आउँछ बाबा । तर, पनि कुनै चाड पर्व, कुशेऔंसीको दिनमा हजुरको यादले धेरै सताउँछ बाबा । कास् हजुर गएको ठाउँबाट फर्किन मिल्थ्यो, कास् यो एउटा सपना हुन्थ्यो तर हजुरले त साँच्चिकै हामीलाई छोडेर जानु भइसक्यो न चाहेर हजुर फर्केर आउन सक्नु हुन्छ न हामीले चाहेर हामीले हजुरलाई पाउन सक्छौं ।

मैले कहिले पनि बाबा भनेर हजुरलाई बोलाउन पाइनँ । हाम्रो भाग्यमा यो शब्द उच्चारण गर्न न हामीले कुनै मौका नै पायौं न कहिले पाउन नै सक्छु बाबा । मैले एउटा बुबा मात्र गुमाएको छैन । मैले मेरो मुस्कान गुमाएँ, मेरो खुशी र सबैभन्दा महत्त्वपूर्ण कुरा गुमाए जुन न त मैले अब चाहेर नै पाउन सक्छु ।

मलाई थाहा छ बाबा हजुर सधैं मेरो साथमा हुनुहुन्छ र मलाई माथिबाट हेर्दै हुनुहुन्छ । बाबा हजुरको आशीर्वाद र हात सधैं हाम्रो शिरमा हुनेछ । ह्याप्पी फादर डे । अर्को जन्ममा हजुरकै छोरी भएर यो धर्तीमा टेक्न पाऊँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button