कमालको कपाल, जसले खोज्छ प्रोटिन

व्युटी टिप्स

कविता घिमिरे
व्युटिसियन

नरम, सिल्की तथा बाक्लो कपालले हाम्रो सुन्दरतामा निखारपन ल्याउन विषेश योगदान गर्ने गर्दछ ।

कपाल झर्नु, कपालमा चाँयाँ पर्नु तथा कपाल सुख्खा हुनु आजको एक आम समस्या भएको छ । यस समस्याबाट धेरै व्यक्तिहरु चिन्तित तथा तनावमा गुज्रिनु परिरहेको छ ।

कपाललाई हेल्दी, सिल्की र बाक्लो बनाई राख्न कपाललाई प्रोटिनको आवश्यकता पर्दछ । हाम्रो शरिरबाट प्राकृतिक रुपमा प्राप्त हुने प्रोटिन विविध कारणबाट कमी हुन जाँदा कपलमा समस्याहरु देखिने गर्दछन् । साथै हरेक पटक स्याम्पु प्रयोग सँगै केही मात्रामा प्रोटिन कम हुदै जान्छ र कपाल रुखो र सुख्खा हुन थाल्छ ।

कपालमा प्रोटिनको सन्तुलन बनाई राख्न र हेल्दी, साईनी तथा बाक्लो बनाउन हामीले संधै प्रोटिनयुक्त स्याम्पु , प्रोटिनयुक्त कन्डिश्नर वा ट्रिटमेन्टको छनौट गर्नु पर्दछ जसमा कुनै पनि केमिकल हुनु हुदैन । साथसाथै हामीले प्रयोग गर्ने प्रोडक्टहरु पोषणयुक्त र कपालको सुरक्षा गर्ने किसिमको हुनु पर्दछ ।

त्यसैगरी कपाल हेल्दी राख्न सन्तुलित आहार तथा शारिरिक व्यायम पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button