सुरम्य बगैँचा सजियो अनुपम उपहारले

गमुको पाठशालाः उत्कृष्ट ३ मध्ये १ गजल

विमला नेपाल
काठमाडौं

छङ्छङ् गर्ने झरना अनि खोला यहाँ
प्राकृतिक सौन्दर्यले भरिपूर्ण झोला यहाँ ।

सुरम्य बगैँचा सजियो अनुपम उपहारले
हजारौं पर्यटक भित्रिएका होला यहाँ ।

देउराली र भञ्ज्याङमाझ बग्छिन् यिनी
वर्षा याममा उर्लिँदा हान्लिन् सोला यहाँ ।

स्वाधीन रहन नपाई कृत्रिम संरचनाले
विध्वंस गर्ने हो कि मानव चोला यहाँ ।

प्राकृतिक सज्जामा विज्ञान अतिक्रमण
पन्साउन आउनु पर्ने हो कि भोला यहाँ ?

(सत्यकथाकथा, लघुकथा, कविता, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button