
आधा मन सहरमा, आधा यहीँ गाउँमा छ
गमुको पाठशालाः उत्कृष्ट ३ मध्ये १ गजल
सौगात पुनमगर (समर्पण)
रोल्पा
स्वच्छ, सफा घर मुनिबाट बगेको खोला छ
अरे वाह ! क्या सुन्दर घरको झ्याल, ढोका छ ।
तिमीलाई कस्तो चाहिन्छ भन है मेरो सानु
यहाँ सानो अनि ठुलो जस्तो पनि कोठा छ ।
सुन्दर शान्त मनै लोभ्याउने खालको ठाउँ
आहा हेर जताततै हरियाली डाँडाकाडा छ ।
नुहाएर अनि लुगाहरू धोएर सुकाउनलाई
बगरमा हेरन सानु कति ठुला ठुला ढुङ्गा छ ।
यो सुन्दर अनि नौलो ठाउँमा आएदेखि
आधा मन सहरमा, आधा यहीँ गाउँमा छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



