
गिद्देनजर नगरी गुरु बन्ने सबै-सबैलाई नमन
प्रतिभा तिमल्सिना
आफ्ना आँखा धमिला बनाई
जीवनमा अरुको उज्यालो छर्ने
सबै गुरुलाई नमन ।
बाटो बिराइ कुबाटो लागेकालाई
सद्मार्ग देखाउने
सबै गुरुलाई नमन ।
यहाँ न सबै राम्रा हुन्छन्
न त सबै हाम्रा हुन्छन्
कुनै पक्षपात नगरी
शिक्षा दिने हर गुरुलाई नमन् ।
शदी एक्काइसौ भए पनि
कलि त कलि नै हो
गिद्देनजर नगरी गुरु बन्ने
सबै सबैलाई नमन ।
ऊ धनी, ऊ गरीब
ऊ तल्लो, ऊ उपल्लो जाती
जो नभनी व्यवहार गर्ने
ती सबैलाई हार्दिक नमन ।
क ख देखि ए बि अनि
जिन्दगीका पाठहरु
मेरो प्रगती हुन्छ भनी
उपदेश अनि गाली दिने
हर एकलाई हृदयदेखि हार्दिक नमन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



