
कान्छीको हातको बालाले तिर्मिरायो आँखा मेरो जुनेली रातमा
गमुको पाठशाला: उत्कृष्ट तीनमा एक कोपिला
जमुना पौड्याल
विराटनगर-३
१
बित्यो जोवन टालामा
समस्याको भारी बोकी यात्रामा छु
छैन चमक छालामा
२
कान्छीको हातको बालाले
तिर्मिरायो आँखा मेरो जुनेली रातमा
मोतीको सुन्दर मालाले
३
बैँस फुल्यो गालामा
कसकी छोरी हौ हिउँजस्ती गोरी
टिपी राख डालामा
४
पिँढीमा बलेको पाला छ
नभेटेको धेरै भयो भेट्ने मन थियो
दैलोमा झुन्डेको ताला छ
५
मारेर फालेछन् नालामा
भरियाको के पो कसुर थियो होला नि
रगतको टाटो छ भालामा
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



