दुई बच्चीको आमा ल्याइ झट्केलोको बाउ भएँ

। हास्य ।

सुरेन्द्र लामा तामांग

रासन दोकान राखी म त पसलको साहु भएँ
दुई बच्चीको आमा ल्याइ झट्केलोको बाउ भएँ ।

किनकिन यो मन अचेल दोमन भा छ म मा
कन्या भनी ल्याएछु मैले दुई बच्चीको आमा ।

एकबारको जुनी हाम्रो मिलन पछि काइदा भो
दुइ बच्चीको आमा ल्याइ एउटा छोरो फाइदा भो ।

बजार जादा मन लाग्यो किन्न आज साडी मलाई
भैसी किन्न जाँदा खेरी उपहार पर्यो पाडी मलाई ।

रुखोबारी खनी रोप्दा लसुनसँग प्याज आयो
भाग्यमानी रैछु म त साँवासित ब्याज आयो ।

रासन दोकान राखी म त पसलको साहु भएँ
दुई बच्चीको आमा ल्याइ झट्केलोको बाउ भएँ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button