
जानी जानी कसैलाई मर्कामा पार्नु हुन्न साथी
कविता
आशिष खरेल
मान्छेको मन हो सजिलै परिवर्तन हुने गर्छ
सानो सानो कुराले पनि चस्स मन छुने गर्छ ।
जानी जानी कसैलाई मर्कामा पार्नु हुन्न साथी
आँखाबाट आँसु नखसे पनि भित्री मन रुने गर्छ ।
चाहे अँध्यारो जति होस्
एउटा सानो मैनबत्तीले नै उज्यालो छर्न सक्छ ।
दुख जति होस् जीवनमा
परिवार र साथीको मायाले नै खुशी भर्न सक्छ ।
राम्रो त हेर्ने नजरमा चाहिन्छ
खोट लगाउने हो भने
चन्द्रमामा पनि दाग भेटिन्छ ।
आमाको माया यस्तो हो
जो कहिले डेट एक्स्पायर हुँदैन ।
अनि बाबाको अर्ति यस्तो हो
जुन जति लिए पनि कहिले पुग्दैन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)