
नलगाऊ काम भाउजू मेहेन्दी ला’की छु
कोपिला डाली
बासु सापकोटा
दोलखा
१
हातमा मेहेन्दी अनि चुरा लगाउँदै
बर्ष दिनको श्रावण मास तिम्रै लागि हो
सबैकी प्यारी भाछौ कुरा लगाउँदै
२
धेरै पछि बल्लतल्ल माइत आकी छु
यो चेलीलाई भित्रैदेखि बुझिदिने को होला
नलगाऊ काम भाउजू मेहेन्दी लाकी छु
३
हरियो सारी चुरा पोते लगाएँ तिम्रो लागि
आऊ बसिदेऊ समिपमा यो श्रावण मास पुरै
मन भित्रका सारा डर भगाएँ तिम्रो लागि
४
देखियो सुन्दर यसपाली श्रावण लागेर
स्वर्गको अनुभुती उसै गरेको हैननी मैले
प्रकृति पनि हरियाली श्रावण लागेर
५
हरियालीले मन हर्छ श्रावण महिनामा
भगवान श्री महादेवको आशीर्वाद पाएर हो
झरना पनि झर्ने गर्छ श्रावण महिनामा
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



