तीजमा मलाई लिन आउनु आमालाई भनेकी छु, जानेदिन गनेकी छु

गमुको पाठशालामा उत्कृष्ट तीन कोपिलामध्ये एक

पुष्पा नेपाल (सुवेदी)
इलाम

अलिअलि लजाएर तिमी
व्रत बस्छौं शिवजीको भजन गाउँदै
मेन्दी चुरा सजाएर तिमी ।

खुशी भै नाच्न मन लाग्छ
श्रावणको हरियाली मनै लोभ्याउने
तिम्रै भै बाँच्न मन लाग्छ ।

हरियाली भरिएको गरा राम्रो
कहिले पुग्छु झरनामा कहिले खोलातीरमा
लागेपछि श्रावणले धरा राम्रो ।

आमालाई भनेकी छु
लिन आउनु तिजमा मलाई
जाने दिन गनेकी छु ।

माइतीको टेक्दा आँगनीमा
रातोसाडी लगाएर चुरा बजाउँदै
आमालाई देख्दा आँगनीमा ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button