छामे मुटु भित्रै पाउँथ्यौ तर कता कता खोज्छौ

भवानी गौतम
काभ्रेपलान्चोक, हाल: काठमाडौं ।

छामे मुटु भित्रै पाउँथ्यौ
तर कता कता खोज्छौ
बुझ्नै नचाहेर होला
मन मुटुमा भिन्नता खोज्छौ ।

हावाले नि छोए पो मन
पानी पर्दा रोए प‍ो मन
माटोमा छ मुटु साथी
तिमी जता जता खोज्छौ ।

छाती माथि हात राखी
आऊ वाचा गरौं भन्दा
भ्रमर बन्छौ अनि तिमी
भौतिक संसर्गता खोज्छौ ।

दुर दराज क्षितिजमा
कहिं छोडिएका आकांक्षाको
संयोगमा छैन मिलन
अन्जान सम्भाव्यता खोज्छौ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button