अपरिचित ठाउँमा पनि उज्यालो दिनु पर्छ रवि भएर

टिकाराम न्यौपाने प्रतीक
चितवन

हिँड्नु पर्छ गन्तव्यविहीन यात्री जस्तो अजनबी भएर
अपरिचित ठाउँमा पनि उज्यालो दिनु पर्छ रवि भएर ।
कर्तव्य पालन गर्दागर्दै कहीं कतै मृत्यु आएछ भने पनि
असल कर्मले, बस्न पाइयोस् हरेकको मनमा छवि भएर ।।

जति गरें, जीवन भरिको संघर्ष व्यर्थ जाला झै भयो
बनको बाघले नखाओस् मनको बाघले खाला झै भयो ।
अधुरो जीवन, बोकेर परदेश पसेको अजनबी,
उकुसमुकुस् जिन्दगी, आज हुटीट्याउँको छाला झै भयो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. हार्दिक आभार नेपालनाम्चा परिवारलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button