
भन् न ए समय तँ पनि गद्दार कहिलेसम्म ?
गमुको पाठशाला उत्कृष्ट तीन मुक्तकमध्ये एक
राजाराज सुवेदी
कारिकाेट, स्याङ्जा
मलाई म जस्तै हुन कस्ले राेक्छ ?
उडें भने चन्द्रमा छुन कस्ले राेक्छ ?
यहाँ त बस हाँसो राेक्ने मात्र भेटिए
प्रगति गरेर दुख धुन कस्ले राेक्छ ?
२
नजरकाे अघि यी ओठकाे हार कहिलेसम्म
झुटा सम्बन्धकाे मुटुलाई भार कहिलेसम्म
साथी दुनियाँ आफन्त भन्नु सबै सधैँका हुन्
भन् न ए समय तँ पनि गद्दार कहिलेसम्म ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



