
अहो ! कस्तो गाह्रो छ मानिस चिन्न
नविन तिमल्सिना
बाहिर छ भिन्न छ भित्र ऊ भिन्न
अहो कस्तो गाह्रो छ मानिस चिन्न ।
तिमी हरघडि छ उस्तै नै भन्छौ
उषाको उमङ्ग निशामा देखिन्न ।
छातीमा लेखेर राखेको छु त्यो नाउँ
तिमी मेट्न खोज कदापि मेटिन्न ।
चाहेजति माया लगे हुन्छ प्यारी
लोटामा झिकेर समुन्द्र रितिन्न ।
दौडिँदैछ मान्छे खै के के जित्न
के सक्ला उसले मृत्यु उछिन्न ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)