उक्लँदै छ भरिया उकालो जिन्दगीको

गमुको पाठशाला-१३९ बाट उत्कृष्ट तीन गजलमध्ये एक

गणेश लाेहनी
चितवन (हाल पाेल्याण्ड)

चुँडिनै आँटेकाे छ बरियाे जिन्दगीको
कसरी दीगो हाेला र साइनाे जिन्दगीको

जिजिविषाकाे ढाकर बाेकेर पिठ्युँ माथी
उक्लँदै छ भरिया उकालो जिन्दगीको

हाँस्दै अथवा रुँदै बाँच्नै छ नमरुन्जेल
कता हाे ? साेध्दैछ याे दाेबाटाे जिन्दगीको

हाेमी रहेछ तृष्णाकाे बेदीमा आफैलाई
जति खाए पनि आत्मा भाेकाे जिन्दगीको

रङ्गिँदैथ्याे नाना रङ्गमा लाेहनी आफै
टल्कियाे शिरैमा रङ्ग सेताे जिन्दगीको

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button