
उक्लँदै छ भरिया उकालो जिन्दगीको
गमुको पाठशाला-१३९ बाट उत्कृष्ट तीन गजलमध्ये एक
गणेश लाेहनी
चितवन (हाल पाेल्याण्ड)
चुँडिनै आँटेकाे छ बरियाे जिन्दगीको
कसरी दीगो हाेला र साइनाे जिन्दगीको ।
जिजिविषाकाे ढाकर बाेकेर पिठ्युँ माथी
उक्लँदै छ भरिया उकालो जिन्दगीको ।
हाँस्दै अथवा रुँदै बाँच्नै छ नमरुन्जेल
कता हाे ? साेध्दैछ याे दाेबाटाे जिन्दगीको ।
हाेमी रहेछ तृष्णाकाे बेदीमा आफैलाई
जति खाए पनि आत्मा भाेकाे जिन्दगीको ।
रङ्गिँदैथ्याे नाना रङ्गमा लाेहनी आफै
टल्कियाे शिरैमा रङ्ग सेताे जिन्दगीको ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)