
गाउँ घरमा खोज्छु अचेल एउटा केटो छैन
गमुको पाठशाला-१३८ बाट उत्कृष्ट तीन गजलमध्ये एक
बासु सापकोटा
दोलखा ।
बुढेसकालले छोइ सक्यो आराम पाएको छैन
दश नङ्ग्रा खियाउँछु अझै कुनै गुनासो छैन ।
धेरै थियो मनमा उनको महलमा पुग्ने इच्छा
सबैसबैलाइ त्यो ठाउँ पुग्न त्यति सजिलो छैन ।
के मोहनी मन्त्र लगाए हाम्रो देशमा विदेशीले
गाउँ घरमा खोज्छु अचेल एउटा केटो छैन ।
जन्मेको त्यो मझेरीलाई किन पो भुल्न सक्थें
आफ्नो गाउँ ठाउँ मलाई कहिल्यै बिरानो छैन ।
आजसम्म कस्तो हुन्छ थाहा पाईन मैले अझै
सेतो दाना सेतै कपास थेग्ने हैसियत मेरो छैन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



