
उघारेर हेर्नुस्, नकाव जिन्दगीको
तारा घिमिरे
संखुवासभा
अरे पहिचान बन्छ, स्वभाव जिन्दगीको
उघारेर हेर्नुस्, नकाव जिन्दगीको ।
सुन्थे धेरै लगानी छ, यहाँसम्म आउन
के छ नाफा नोक्सान, हिसाब जिन्दगीको !
बुझ्दैन्थ्यौ पिडा कस्तो, के हो परिभाषा
हारेपछि बुझ्यौ कि, चुनाव जिन्दगीको ।
आफ्नै हातमा हुन्छ, आफू कस्तो बन्ने ?
दिनेले त दिन्छ, असल सुझाव जिन्दगीको ।
ऊ खुकुरी म अचानो बाध्य छु सहनलाई
कसलाई सुनाऊँ हजुर, दवाव जिन्दगीको ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)