नाकाम देखिए मन्दिरमा पथ्थरका केही मूर्तिहरू

कविता केशरी, विराटनगर

उच्चस्थ भयौँ भन्दै छन् शहरका केही मूर्तिहरू
नाकाम देखिए मन्दिरमा पथ्थरका केही मूर्तिहरू

शून्यमा शून्यको टाउको जोडेर चर्किरहेछन्
नाङ्गो भएर भिड्दै छन् डलरका केही मूर्तिहरू

यता भोक र प्यास छ, सुरक्षा छैन सिमानाको
हेरेर खित्का छाड्दै छन्, बगरका केही मूर्तिहरू

कान हुनेका थुनियो खुट्टा हुनेका भाँचियो
विचार लिएर उठ ए भरखरका केही मूर्तिहरू

जीउनु त पर्छ धर्तीमा ढुँङ्गो पगाली तापमा
क्रमश: युद्ध लड्दै छन् सफरका मूर्तिहरू !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button