
तिमीले छोडेर गए पनि यादहरु ताजै छन्
कोपिला डाली
सुस्मिता नेपाल
सुनसरी
१
गणतन्त्र फोहोरी खेल जस्तै भो
नेताहरु नै कर्तब्यनिष्ट नभएपछि
कागको हातको बेल जस्तै भो
२
माया भर्छौ भने आऊ
जीवन हरबार एकनासको हुँदैन
विश्वास गर्छौ भने आऊ
३
तिमीले छोडेर गए पनि
तिमीसँगका यादहरु अझै ताजै छन्
बन्धन तोडेर गए पनि
४
कानुन अनुसारको रीत भएन
मुलुकमा प्रजातन्त्र वा लोकतन्त्र जे आए नि
निमुखा जनताको हित भएन
५
जङ्गे पिल्लर ढाल्नु पर्छ
सिमानामा विदेशीको हस्तक्षेप भए
बरु टायर बाल्नु पर्छ
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



