
आफ्नै मुठी आफ्नै पाथी राख्नुपर्छ
कोपिलाको एक डाली
अम्बिका खरेल उप्रेती
विराटनगर -१२
१
माथिल्लो कुलो झर्दैछ तल
खेतीयोग्य जमिन घडेरीमा बिकेपछि
उब्जाउ खेती पर्दैछ तल
२
सहर बन्न गाउँ माँसिएको देख्छु
कोलाहल छ यहाँ जालझेल सधैँ भरिएको
दिनदिनै सहर भाँसिएको देख्छु
३
हल गोरु एक नारेर आए
गैरीखेत सबै रोप्नुछ धान आजै
खेतबारी चट्ट पारेर आए
४
लहलह धान झुलेको देख्छु
पूर्ण आकारको चन्द्रमा जस्तै आकाशमा
बारी वरिपरि खुलेको देख्छु
५
आफ्नै मुठी आफ्नै पाथी राख्नुपर्छ
संकटले ढ्याङ्ग्रो ठोकेर आउदैन कहिले पनि
एैचोपैचो पनि साथी राख्नुपर्छ
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)