
मलाई पाेटासियम साइनेट देऊ !
लघुकथा: घमण्ड मार्ग
डा. विदुर चालिसे
‘जन्मिस्, बढिस्, पढिस्, लेखिस् अनि ठुलाे मान्छे भइस् अब आफ्नाे बुध्दि विचार गर्नू ! साेचेर महान बन्नू !!’, बुढी आमाकाे गनगन सुनेपछि माष्टर बाजे ननिकाे मानेर त्यसै सनक्क सन्के अनि ब्रुक्क उफ्रे ।
‘गनगने बुढी बढी जान्ने नहाेऊ !’, तैपनि मति छाेडन थालेकाे छाेरालाई प्रतिकात्मक अर्थमा उनले सम्झाइन ।
‘काँचाे- कचिलाे नखाऊ, पेट गडबड हुन्छ !’ आमाकाे अर्ति उपदेश सुनेपछि माष्टरबाजे झन सनक्क सन्केर तर्क गर्न लागे ।
‘तात्ताे न छाराे ! कस्ले भनेकाे ?’
‘आफ्नै अनुभव, धर्म र सास्कृतिक मान्यताले !’
‘के काे आफ्नै धर्म र संस्कृति ? ढाेंगी बुढी !’, उनले बुढीलाई फुँकार छाेडे । दम्भकाे कमानी जाेडे । हातमा एक बिर्काे मद प्याला लिए । ओठमा प्यालाकाे गन्धले छुवाए अनि माष्टर बाजे उन्मादले कराए । बुढ्याैलीले चाउरिएकीकाे उपदेश फतुर लागेर उनलाई रिस उठ्याे । झर्किएर बुढीलाई खाउँला जस्ताे गरे !
‘काँचाे न साँचाे, इन्जिन गतिलाे चाहियाे नि !’
‘मूर्खलाई जति भने पनि लाग्दैन !’
हैरान भएकी बुढी ढिंड माष्टर बाजेदेखि रिसाउन थाली । त्यस पछि माष्टरबाजे आफ्नै जिद्दि चलाएर काँचाे-कचिलाे वस्तुलाई ओइर्याएर आफ्नै कच्चा इन्जिन घुमाउन धाले । जब सडेगलेका फलफूल, तरकारी एवं खाद्य पदार्थ उनकाे पेट भित्र इन्जिनमा पर्न थाल्याे । उनी ग्यास्ट्रिकले गडबडाउन थाले । समाजलाई दुर्गन्ध बढाउने गरी अपच वायु पनि छाेडे । ओइलिंदै ओइलिंदै उनी जब अस्पतालकाे काेमामा पुगे तब उनले घाेषणा गरे ।
‘मलाई पाेटासियम साइनेट देऊ ! बरू मर्छु !’
धेरै दिनदेखि आफ्नै घमण्डले छटपटाएका माष्टर बाजे मृत्यु शैयामा थिए । केही समयपछि उनकाे वरपर झिंगा, लामखुट्टे, उपिया, उडुस र ढुँडी किराहरू लखरलखर गरेर भन्किरहेका थिए
। उनकाे लास चिहानघारीमा पुर्याइनेवाला थियाे । समय समयमा शैतानी स्वरमा ईशुलाई प्रार्थना गरेर बर्बराएका उनका कारूणिक स्वर सुनिन्थ्याे ।
‘हे भगवान् मुक्ति पाउँ !’
कराेडाैं पूर्ववत् उनका भगवानहरूले डिलमा बसेर उनलाई दुवै हात हल्लाउँदै आशीर्वाद दिइरहेका थिए ।
‘के गर्नु त ! तिम्लाई घमण्ड चढ्याे, बिस्तारै आफ्नै स्वर्गतर्फ जाऊ !’
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)