आधा यात्रा गरेपछि बाटो अलग भयो

कोपिला डाली

पार्वती दाहाल
संखुवासभा, खाँदबारी

१.
पहिलो दिनमै जादुको खेल भएछ
गाडी भाडा बढ्यो रे भन्ने सुनेँ मैले साँचि
सुन भन्दा नि महङ्गो त तेल भएछ

२.
कति सारो अचम्मको खेल भएछ
मेरो देशको न्याय अचेल कता चर्न गयो
चोरलाइ मुक्ती साधुलाई जेल भएछ

३.
सकेजति सत्कर्म गर्छु म
नेपाल आमा रोएको हेर्न नपरोस्
मर्नै परे हाँसेर मर्छु म

४.
मनमा मायाँ कति थ्यो कति
चौतारीका बर पिपल साक्षी छन
सित्तल छाँया कति थ्यो कति

५.
आजदेखि तिम्रो हाम्रो माटो अलग भयो
नगरेको कहाँ हो र लाख कोसिस रोक्नलाई
आधा यात्रा गरेपछि बाटो अलग भयो

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button