दोस्ती होस् या कारोवार, दुनियाँको यहि दस्तुर छ मेरो यार

कविताः दुनियाँँको दस्तूर र म

सुनिल बाबू स्याङ्तान

दोस्ती होस् या कारोवार
दुनियाँको यहि दस्तुर छ नि त मेरो यार ।

मैले कोहीसँग इर्ष्याको भाव राख्न सिकिन कहिल्यै
न त मतलबको स्वार्थ नै राख्न सके पहिल्यै ।

थाहा त हुन्थ्यो सबै तर बोल्दिनथिएँ कहिल्यै
बरू मौन नै रही सहिदिन्थे जहिल्यै ।

कोही मलाई मद्दतको लागि याद गर्थे भने खुशी हुन्थे पहिल्यै,
तर मात्र कामको लागि याद गरिदिँदा दुखी हुन्थे जहिल्यै ।

म राम्रो मान्छेको चिन्ता व्यक्त गर्छु जहिल्यै ।
तर मेरो चिन्ताको लागि दुइ शब्द नसुन्दा दुखी हुन्थे पहिल्यै ।

मैले आफन्तमा नि भेदभाव गरिन कहिल्यै
तर मेरैले मलाई कम भनिदिँदा रून्थेँ म जहिल्यै ।

म मनभित्रैदेखि साफ छु
त्यसैले त खराब मानिसहरू चिन्थे पहिल्यै ।
तर चिनाउनु पर्नेलाई चिनाउन सकिन कहिल्यै ।

हो, म मान्छु मसँग बोल्ने ढंग भएन जहिल्यै
तर मेरो कामलाई ठगिन मैले कहिल्यै ।

म नुन नै बनी लागेका घाउ सफा गर्छु जहिल्यै
चिनी जस्तो मीठो बोली बिगार्दिन म कहिल्यै ।

मसँग रहनेलाइ सदैव खुशी राख्छु जहिल्यै
तर मेरो खुसीको निम्ति एक मुस्कान पाइन कहिल्यै ।

यसरी बोल्नको लागि धेरै कुराहरू छन्
तर बोलेर मात्र सम्बन्ध सम्बन्ध नै रहन्न कहिल्यै
सायद म पो स्वार्थी बन्न पो लागे कि
निश्पक्ष हेर्नेले हेरिरहेका होलान्
मसँग गरिने हार र व्यवहार जहिल्यै ।

दोस्ती होस् या कारोवार,
दुनियाँको यही दस्तुर छ नि त मेरो यार ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button