
अमेरिकाबाट आयो ‘अप्जसको भारी’
कविताः अप्जसको भारी !
चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
जुलाई १३, २०२१ यूएसबाट ।
नेपालमा विपत्त्तिको ओहिरो ला’छ अहिले !
यस्तो ऊधुम कहिल्यै पनि भा’थिएन पहिले !
यहीं बासि बस्न थाल्यो कोभिड महामारी !
कमिशन खाई तह लाउने भन्छन् भ्रष्टाचारी !
सबै हाम्रा अगुवा छन् गति-मति छाड्ने ?
केन्द्रदेखि गाउँ संमलाई भ्रष्टाचार बाँड्ने !
घुसको नाम बद्लेको छ कमिशनमा नानी ?
त्यसकै निम्ति लडिरन्छन् नेता जानी जानी !
पोलेमाथि झन् फकुण्डो भयो जनतालाई !
जन र धनको क्षति गर्यो बाढी पहिरो आई ।
राजनीतिमा खिचातानी गर्ने बस्यो बानी ।
नेता भए देश निखार्नि जनतालाई हानी ।
देश हाँक्ने जो आउँछ कान चिरेकै पर्छ !
जताबाट छान्दा पनि बाघ बिरालै पर्छ !
कोही छैन निखुन नेता खोज्न जाउँ कता ?
निष्ठा सबै गुमाएका पर्छन् हाम्रा नेता !
अब बन्ने मन्त्री मण्डल बन्न सक्छ जम्बो ।
साथदिने साथीभाइले भन्न सक्छन् कम्भो !
मेरी बास्सै कस्ता कस्ता बन्ने भए मन्त्री ?
अपजसको भारी बोक्ने हुन्छ प्रधानमन्त्री !
न चिनेको न जानेको को होला र मन्त्री ?
भोका नानाँगा अघोरी नपरुन् क्वै खन्ति !
कस्तो भाग्य नेपालीको कस्ता छान्यौं नेता !
खुशी दिलले फूलसँगै कहिले दिउँला फेटा ?
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
यो अपजसको भारी देश,परिस्थिती र राजनीतिक घटनाक्रम अनुरुप अवश्य समय सापेक्षित छ भन्न चाहन्छु।