समाज नदेखेकी समाजसेवीकी छोरी

लघु कथाः कस्तुरी र बिना

कविता केशरी

रजनी विभिन्न जाति बसेको सुन्दर समाजमा हुर्केकी केटी हो । उसलाई सामाजिक कुरा भने केही थाहा थिएन । उसका स्कुलका साथीहरू तामाङ, गुरुङ, शेर्पा, यादव, शाह, चौधरी बाहुन आदि थिए । उसले ती साथीका घरमा भएका साँस्कृतिक पर्वहरूमा जाने अवसर कहिल्यै पाइन । छरछिमेक र आफन्तहरुले पनि साँस्कृतिक कार्यक्रममा घरमुलीलाई मात्र बोलाउने चलन थियो । उसका परिवारहरू उसलाई लठ्ठी लगाएर अङ्ग्रेजी पढाउँथे । आफ्नो जातिय सँस्कारलाई रुढीवाद भन्थे । विद्यालयमा पनि यदाकदा हिन्दी, अङ्ग्रेजी गीतमा नृत्य हुन्थ्यो । नेपाली भाषा बोल्न पाइदैन थियो । बाहिरफेर हिँड्डुल गर्ने अनुमति थिएन । बुबा भने समाजसेवी थिए । तर छोरीले समाज देखेकी थिइन । चौबीसै घण्टा किताबमा झुन्डिएर रजनीको बाल्यकाल बित्यो ।

हाल ऊ अमेरिकाको मिनेसोटा स्टेट युनिभर्सिटी मन्काटोमा पढ्छे । धेरै देशका साथीहरुसँग मिलेर होस्टलमा बसेकी छ । रजनीको होस्टलमा साथीहरुबीच आफ्ना देशको भाषा, धर्म, सँस्कृति र शासन प्रणाली एकले अर्कालाई सुनाउने चलन थियो । तर, रजनीलाई भने नेपालका बारेमा केही थाहा थिएन । उसलाई साथीले सोध्ने गर्थे, तिमी नेपाली नै हौ त ? यो प्रश्नले रजनीको मन अमिलो हुन्थ्यो । उसले आफूलाई नेपाली हूँ भनेर चिनाउने जन्मेको भुगोल र नेपाली जन्मसिद्ध नागरिकताबहेक केही पनि थिएन ।

आज रजनी अमेरिकाको विश्वविद्यालयबाट नेपाली समाजको जातिय सँस्कृतिहरूको विषयमा शोध कार्य (पिएचडी) गर्नका लागि उसका साथीसहित नेपाल प्रवेश गरेकी छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button