
न ती भानु हुन्थे न यो भाषा हुन्थ्यो
कविताः भानुबिना
हरिप्रसाद गौतम
न ती भानु हुन्थे न यो भाषा हुन्थ्यो
न ती भानु हुन्थे न क्वै राम सुन्थ्यो
न ती भानु हुन्थे न लेखिन्थे केही
न यो क्यै बुझिन्थ्यो न नेपाली कोही ।
न ती भानुसँग न भेटिन्थे घाँसी
न सोधिन्थे प्रश्न न क्यै कृति आँटी
न अनौठो कृति राखिछाड्ने प्रण
न गर्थे ती भानु न उत्साह ग्रहण !
न शिक्षक हुन्थे ती बाजे त्यो घरमा
न सिक्थे ती केही न बुझ्थे ती मर्म
न प्रेरणा लिने न मिल्थ्यो क्यै मार्ग
न हुन्थ्यो नेपाली न भाषा अपूर्व ।
न त बधुशिक्षा न त भक्तमाला
न लेखिन्थे ती प्रश्नोत्तरीका यी माला
न यस्तो सजिलो हुने थ्यो यो भाषा
न गर्थे अरू क्वै यस्तो यो प्रयास ।
न जन्मे यो धर्तीमा भानु समान
न थिए अरू क्वै आँटिला महान
न कोही पुरानो कवि खै उनीझैँ
त्यसैले उनी पुज्य छन् ती सदाझैँ !
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



