सपना नदेखेकै जाती

कविता

सुशीला चौरेल

सपना धेरै दिनमा देखें रातमा कति कति
पूरा हुन्नन् सपनाहरु नदेखेकै जाती ।

सपनामा टाढा पुगे, पुगे माथि माथि
पूरा हुन्नन् सपनाहरु नदेखेकै जाती ।

सपना देखे सम्वृद्धिको भयो प्रगति !
पूरा हुन्नन् सपनाहरु नदेखेकै जाती ।

सपनामा दिन नै देखें, देखेंन नि राति
पूरा हुन्नन सपनाहरु नदेखेकै जाती ।

सपनामै आफ्ना देखें, भागे पराई जति
पूरा हुन्नन् सपनाहरु नदेखेकै जाती ।

सपनामै मित लाए प्रित कति कति
पूरा हुन्नन् सपनाहरु नदेखेकै जाती ।

सपनामा इष्र्या छैन, सबको माया अति
पूरा हुन्नन् सपनाहरु नदेखेकै जाती ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button