साथी तिमी भिन्नै जस्तो देखियौ नि किन होला ?

साथी सबैभन्दा माथि

सुशीला शर्मा

हिँड्दा हिँड्दै दोबाटोमा
रोकियौ नि किन होला ?
अल्मलिदै भिडसँग
ठोकियौ नि किन होला ?

राम्रा राम्रा कुरा गर्थ्यौ
मौन छौ नि किन होला ?
न्यानो तापले आफू मात्रै
सेकियौ नि किन होला ?

साथीभाइको सवालमा
झोक्कियौ नि किन होला ?
आफै सक्षम हुँदा हुँदै
बोकियौ नि किन होला ?

देखे पनि नदेखे झैं
छेकियौ नि किन होला ?
साथी तिमी भिन्नै जस्तो
देखियौ नि किन होला ?

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, ‘साथी सबैभन्दा माथि’ नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ हो । तपाईं आफ्ना साथीबारे लेख्नुस् र पठाउनुस् nepalnamcha@gmail.com मा । यो स्तम्भ तपाईंको हो अनि तपाईंको साथीको हो । धन्यवाद । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button