
घिसिङको ‘जातीय समवेदना’
कविता: जातीय समवेदना
योगेन्द्र घिसिङ
मानिसका
नाक-आँखाका साइज
फरक-फरक होलान् ।
त्यसका
गन्ध र दृश्यमा फरक हुँदैनन् ।
वर्ण जन्मदै बोक्छन्
सबै अवयवहरुको
अवस्थित समान हुन्छन् ।
अनुहारका रंग अलग होला
भोक, तिर्खा र स्वादको
हैसियत समान हुन्छन् ।
रगत र आँशु एउटै
रंग र मनमा फरक हुँदैनन् ।
त्यसकारण
मानिसको समवेदना बुझौं ।
जातीय अहंकार नगरौं ।
कुनै समय
वंश र जातमा
राजा, पुरोहित र सेना
भाग लगाए ।
मर्न पर्ने र नपर्ने
ठडिए ।
पानी चल्ने र नचल्ने
कुलो खनियो ।
मन्दिर र घरको
अनुमाती छापेरा दियो ।
यिनै तरबारले
न्यायको घाँटी छिनालियो ।
तथापि
क्रान्तिले न्यायको
नक्सा
संविधान कोरिएका छन् ।
वर्गको पिलर चर्किएकै छ ।
जातीय सभ्यताको
पिलरमा सबै
भाषा, धर्म र संस्कृतिका
सम्मिश्रणले कसरी
ठड्याउने ?
बहस र झगडा
अझै निस्किरहेका छन् ।
पिडीत जातीहरु
अन्यायको खतरामा झस्किरहेका छन् ।
स्वघोषित महामहिमहरु
जातीय समवेदनामा नखेलौ ।
संविधानविरुद्ध नबोलौं ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)