छोरी हो ! शिक्षा र सीपलाई सँगसँगै लैजाओ

लघुकथा: निकम्मा शिक्षा

बैकुण्ठ पोखरेल, गोदावरी

आज पनि निरास हुँदै बाहिर निक्लिई निहारिका एक प्रतिष्ठित कम्पनीको गेटबाट । बिचरी ! बडो उत्साहित भएर गएकी थिई अन्तरवार्ता कक्षमा जागिर पाउने आशमा ।

हुन त अन्तरवार्तामा यसरी सहभागी भएको उसको यो प्रथम पटक भने थिएन । यँहासम्म आईपुग्दा उसले दसवटा कम्पनीमा आफुले बीए पास गरेको द्वितीय श्रेणीको प्रमाणपत्र पेश गरी अन्तरवार्ता दिन भ्याइसकेकी थिई।

अन्तरवार्ता जति नै ठाउँमा दिएपनि उसको हरेक पटकको नतीजा भने एउटै हुनथ्यो । सबै मेनेजरहरूले भन्थे, ‘सरी, निहारिका,यु डोन्ट हैव एनी एक्सपेरीयेनस, वी कान्ट गिव यु द जब ! बेटर ट्राई सम व्हेर एल्स !’

जागीरले आफूलाई यसरी घृणा गरेको देखेर आजित भैसकेकी निहारिका इंटरव्यू दिंदादिंदा हैरान भैसकेकी थिई !

‘कस्ले जागीर दिएको छ र, एक्सपीरियंस खोज्नलाई ? सालेहरु ! तिमिहरुलाई नचिनेका हौं र ! नेताका छोरा, छोरी, बुहारी,इष्टमित्र इंटरव्यु दिन आएका भए उनै नेताका फोनका भरमा हुन्छ हजुर ! हजुरको मान्छेलाई लाई हामी जागिरमा राख्दि हाल्छौं नि भन्थ्यौ! हामी पावर-सावर न भएका सर्वसाधारणसँग भने एक्सपीरियंस-शेक्सपिरियंस खोज्छौ !’

इंटरव्युमा सफल नभएपाछि रीस पोख्दै बाटामा हिडीरहेकी निहारिका आफूलाई कसैले बोलाएको सुनेर हच्किन्छे ।

‘ए निहारिका ! अघि देखि बोलाएको बोलायै छु, फिटिक्कै सुनेकी होइनौ ।’

‘ए माया! तिमी पो !!’

‘हेर न,जागिरको लागि जहाँजहाँ इंटरव्यू दिन गए नि तपाइसँग अनुभब रहेनछ, फ्रेशर हुनुहूँदो रहेछ, अन्यत्र कतै कोसिस गर्नु है! सरी पो भन्छन् त !’

खाई नखाई सकी नसकी आमा बुबाको धन खर्चेर पढ्यो, लास्टमा जागीर नै पाइँदैन यार !

‘ए सेम ह्यर ! मेरो पनि हालत तिम्रो जस्तै त हो नि ! मैले पनि एघार-बार ठाउँमा जागिरको लागि कोसिस गरें,हात लाग्यो शून्य ! जागिर त पाउनै सकिन यार ! अहिले त हरेक इंटरब्यूबाट बाहिर निक्लिने बित्तिकै उबेला तिम्री आमाले सुझाउनु भएको सल्लाह झल्झल्ती सम्झन छु । याद छ नि तिमिलाई उहाँले के भन्नु भएको थियो ?’

…याद छ नि ! उहाँले भन्नु भएको थियो, ‘हेर छोरी हो ! अहिलेको युगमा शिक्षा हैन सीप बिक्छ । शिक्षा त जो कोहीले हासिल गरेकै छन् ! छोरी हो ! आफ्नो भबिष्य सहज बनाउनु छ भने शिक्षा र सीपलाई सँगसँगै लैजाओ । शिक्षाले धोका दिए नि सीपले कहिल्यै धोका दिदैन ।’

‘मलाई पनि धेरै पछूतो लागेको छ । यार, उबेला आमाको सुझाव बेवास्ता गरेर शिक्षाको पछाडि मात्रै दौडियो, पढेपछि त गतिलै जागिर पाइएला भनेर तर के थाहा अहिले यस्तो हुन्छ भनेर ।’

काश ! उ बेला तिम्री आमाको अर्ति मानेर केहि सीप सिकेको भए अहिले इलम गरेर आफ्नै खुट्टामा उभिन त सकिन्थ्यो !’, मायाले सुस्केरा हाली ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button