कालिन्चोक पुग्दा फुरेको कविता ‘शहरलाई शहरमै छोडेँ मैले’

सुशीला शर्मा

मन बिसाउन हिउँचुलीको
पल्लोपट्टि गइ हेरेँ
एकै छिन त लाग्यो मलाई
ओहो ! जुनी फेरेँ मैले ।

हिमालको उज्यालो त्यो
सपननीमा देख्या थिएँ
विपनामै स्वदेशको
स्वच्छता पो हेरेँ मैले ।

शहरले अट्टहास गरी गरी
जिस्क्याउँथ्यो
पहाड चढी
शहरलाई
शहरमै छोडेँ मैले ।

कति दिनु मनलाई दुख
पिर चिन्ता खेलाएर
केही क्षण त मनको बोझ
अन्त कतै छोडेँ मैले ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button