तपाईं भनी अरुले नै भन्दा राम्रो हुन्छ

शान्ति तिमल्सिना
चापागाउँ, ललितपुर ।

बढ्ता उत्ताउलो झल्काउन मलाई
त्यो बाल मानसपटलको प्यारले दिएन
तिमी कसरी उम्किएछौ यताबाट
मलाई निस्किन संस्कारले दिएन ।

व्यर्थ उम्लिन नखोज तिमी घमण्डबाट
मलाई नाघ्न सिमाको आकारले दिएन
तपाईं भनी अरुले नै भन्दा राम्रो हुन्छ
आफै मपाईं भन्न मलाई धिक्कारले दिएन ।

अवसर त हामीलाई पनि नमिलेको हैन
त्यसको दुरुपयोग गर्न साकारले दिएन
आधुनिकताको नाममा विकृति छोडिदेऊ
त्यसरी नाम कमाउन माया अपारले दिएन ।

आफ्नै आत्माको किनबेच गर्न छाड तिमी
आत्मा बेच्न यता सपनाको व्यापारले दिएन ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button