कौटिल्य नीति किन?

आर.के बस्न्यात

आफू सक्षम हुँदा पनि किन चड्छौ अरुको बुई ?
अगाडि तिम्रो अस्तित्व सकियो कौटिल्य नीति किन ?

नपुग के थियो र खुब खुराफात गर्छौ लुकेर पनि
अगाडि भेट्दा मख्ख पार्छौ तिमी चेपारे हौ अति ।

दन्तमा किरा आयो दोष गुलियो हो भन्छौ
तिम्रो घर भएर नहिड्नु भन्छौ काडे तार पो लगाएछौ ।

तिमी हिड्ने मार्गमा हिड्दिन म तर नयन उतै जान्छन्
संगै बस्छौ अनि खान्छौ सङ्गै गतिविधि नानाथरी गर्छौ

कति लोभी तिमी पापी पनि उत्तिकै कपटी रहेछौ ।
अन्धकार रात सधैं हुन्न प्रतीक्षा गर्दा घाम देखिन्छ ।

झुन्ड त जता पनि हुन्छ स्थायित्व कता होला ?
तिम्रा मित्र सबै खराब हुँदा तिमी असल कसरी ?

गुनासो कति गर्छौ अनि घुर्की उत्तिकै तिम्रा छन्
बिहानी त म सधैं दिन सकुला तर साझ दिन सक्दिन ।

किनकि कहिलेकाही एकान्तमा गुनासो गर्नु छ
साझमा बसेर राष्ट्रको मुहार फेर्ने सपना बुन्नु छ ।

संग संगै बस्नुछ गुट बनाउने तिम्रो क्या राम्रो बानी
बिचरा कठपुतली तिमी होलाउ भन्ने डर पो लाग्यो ।

कि त बस्नु अरुले दिएको स्थानमा नत्र राम्रो हुन्न
अनुशासनको कार्वाहीमा परौला पुरानै मुद्दा बिउझेला ।

तिमी त सकिन्छौ तिम्रा धुपौरे पनि समाप्त होलान
इतिहास हेरेकै होलाउ नत्र इतिहास बनौला पुनः ।।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button