
जुनी जुनी सयौं जुनी साथ पाए हुन्थो
राजेन्द्र गुरागाईं
विराटनगर
जुनी जुनी सयौं जुनी साथ पाए हुन्थो
अजम्बरी प्रेमको माला लाउन पाए हुन्थो ।
हुन पाए हुन्थो सधै तिम्रै मनको साथि
सँग सँगै उड्न पाए हुन्थ्यो बादल माथि
हाम्रो माया सधैंभरि रहोस् बराबरि
तिम्रै मात्र मान्छे हुन पाऊँ घरि घरि ।
सागर जस्तो निर्मल चोखो रहोस् हाम्रो माया
ज्यान प्राण एउटै बनोस् शीतल बनोस् छाया
अटल बनोस् हाम्रो माया माछापुच्छ्रे जस्तो
अनुपम सौन्दर्यको फेवाताल जस्तो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)