जातिको घण्टी नबजाई देऊ तिमी

कविताः दोधारमा उभिएकी तिमी

प्रतिभा शाही

सहिलाई सही भन्ने तिमी
गलतलाई गलत भन्ने तिमी
समाजलाई बाटो देखाउन खोज्ने तिमी
आज आफै दोधारमा उभिएकी तिमी ।

कसैले हेर्थे प्रतिमूर्ति भनी
कसैले हेर्थे प्रेरणाकी श्रोत भनी
कसले हेरेका थिएनन् जातभात भनी
आज आफै दोधारमा उभिएकी तिमी ।

कसैले भने सही छौ तिमी
कसैले भने गलत छौ तिमी
सही र गलत आफैले बिर्सिएकी तिमी
आज आफै दोधारमा उभिएकी तिमी ।

आफ्नो अधिकार मासिएको देख्ने तिमी
आफ्नो अधिकारको लागि लड्छु भन्ने तिमी
आफैले अरूको अधिकारमा प्रश्न उठाउने तिमी
आज आफै दोधारमा उभिएकी तिमी ।

जातिको घण्टी नबजाई देऊ तिमी
आफूलाई बिचरी नभन तिमी
उदहारण तिम्रो बनाई
एक आपसमा फाटो न ल्याउन कोहि
आज आफै दोधारमा उभिएकी तिमी ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button