फूल जातिः म विचरा, तिमी विचरा लडेर के फाइदा ?

कविता
सुशीला चौरेल

यिनीहरू फरक प्रजातिका
तर, यी प्रकृतिका उपहार
यी फूलहरू कति खुसी !
न गर्छन् यिनीहरु कसैको प्रगतिमा डाह ?

यिनीहरू फरक प्रजातिका
सँगै बसेका, मिलेका
यिनीहरू घामदेखि टाढा
कोहीलाई साँघुरो छ, अगाडि बढेका छैनन्
कोहीलाई माथि जाने ठाउँ छैन
तर, आफू लडेका छैनन् ।

यिनीहरू आ-आफ्नो परिस्थितिमा
अनि मिलेर बसेका
अघि बड्नेसँग इर्ष्या छैन ।

यिनीहरू भन्दैछन्, घाम त आउला
हामी आफू लडेर के पाइएला ।

यहाँ कोहीलाई साँघुरो छ, अगाडि बढेका छैनन्
कोहीलाई माथि जाने ठाउँ छैन
तर, आफू लडेका छैनन् ।

यिनीहरू आआफ्नो परिस्थितिमा
कसैलाई बढी हावा होस् कसैलाई कम पानी होस्
बस चुपचाप समयसँगै अगाडि छन् ।

यिनीहरू फरक परिवेशबाट आएका
यिनीहरू फरक प्रजातिका
अनि मिलेर बसेका
अघि बड्नेसँग इर्ष्या छैन ।

कसैलाई बढी हावा होस्, कसैलाई कम पानी होस्
बस चुपचाप समयसँगै
यिनीहरू फरक परिवेशबाट आएका
यिनीहरू फरक ठाउँका फरक प्रजातिका ।

कसैलाई दोष छैन आफै अगाडि बढिरहेका
यिनीहरूको रोष छैन न त लडिरहेका ?

भन्दै छन्, लड्नुपर्छ भने परिस्थितीसँग लडौंला
हामी लड्नै परे भने मिलेरै बढौला ।

यिनीहरु फरक भूगोलका
फरक गुण अनि फरक प्रजातिका
फरक माटोका यिनीहरू सँगै छन्
तैपनि मिलेकै छन् ।

यिनीहरू सल्लाह गर्छन हल्ला गर्दैनन्
साँच्चै यिनीहरु प्रशंसनिय छन् ।

परिस्थितले यिनीहरूलाई बाहिर लग्छ, भित्र लग्छ
कसैलाई टाढा राख्छ कसैलाई नजिक राख्छ ।

यिनीहरू परिस्थितिसँग कराउलान्
परिस्थितिसँगै रुँदै रिसाउलान्
परिस्थितिसँगै आवाज उठाउलान्
आफूबीच मिलेर बसे हाँसेर बसे
यिनीहरु खुसी भै बसे
अनि भने
म विचरा, तिमी विचरा लडेर के फाइदा ?

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button