
कविताः राजनीतिको ‘छ्या’लाई कानुनले ‘स्या’ गरिदियो
ब्राह्मणपुत्रको लकडाउन डायरी–५५
भरत शर्मा
हिजोसम्म लकडाउन थियो,
आज आधा लकडाउन खुल्यो,
भोलि आधा खुलेर, लकडाउन जारी छ ।
बजार खुल्ला भएपनि
बजारमा खरिद विक्रीमा डाउन छ ।
सामान बेच्नेहरु पसलको ढोका उभिएको देख्दा
ग्राहकहरु ढोकासम्म जान सक्दैनन्
ब्यापारीलाई ब्यापार गर्नु छ
ग्राहकको अहिले खरिद ‘मेनु’ नै छैन ।
व्यापारीको काउन्टर रित्तो देख्छ
ग्राहकले गोजी खाली हुँदै गएको मात्र देख्छ ।
सन्तुलन र समीकरण नमिल्दा
अहिले बजार खुले पनि डाउन नै छ ।
मंगलवार मध्ह्यान नयाँ सडकमा
‘म’ ग्राहक एक चक्कर लगाउँदै थिए
‘म’ ग्राहकहरु मोवाइल पसलमा देखिए
मोवाइल व्यापारीको भाउ सुनेर
ग्राहक सात वटा पसल–पसल चाहारे
भाउ त यता पनि उस्तै, उता पनि उस्तै
व्यापारीले साउती गरेछन् कि क्या हो
ग्राहक ठग्ने विचरो व्यापारी
आठै पसलमा गएर ग्राहक ठगिए ।
‘म’ ठगिएँ
मजस्तै ग्राहक ठगिए ।
प्रकृति एक्कासी क्रोधित हुँदा
‘म’ रोएँ र हामी सबै रोए पनि
प्रकृतिले हाम्रो कुरा सुनेन
एउटा खोला उर्लदा
के–के भयो भएन
यो बर्षको संवसर ‘राक्षस’
समय र काल ‘राक्षस’
लू, अझै टरेको छैन विपत्ति
पहिलो शुरुवात नै कठिन भो,
समापन अझै के हो के हो ?
तनमा पीर परे पनि मन बलियो चाहिन्छ
यस्तै हो, प्रकृतिको कानुन ।
कानुन हामीले हैन, दैवले जानुन् ।
राजनीति छ्या, डम्पिङ्ग भो ।
१३ दिने लकडाउनले मन्त्रीलाई
कानुनले ‘स्या’ गरिदियो
राजनीतिको ‘छ्या’ लाई
कानुनले ‘स्या’ गरिदियो
हिजो मन्त्री, आज पूर्वमन्त्री क्या मजा भो ।
देश कानुनमा चल्यो,
नेतालाई कसले चलाए ?
जनता हे¥याहे¥यैं भो ।
भोट कसले दिएको–
जनताले प्रश्न गर्न थाले
नेताले खोजेको चुनावै हो ।
पख्लास् भनेर बसेका छन, को ?
‘जनता’
फेरि भोट दिएर नेता जिताउने ?
राजनीति त छ्या भो ।