
मणिग्रामको सेरोफेरो, मैवारी मेरो गाउँ
मेरो माटो
सुभेच्छा पन्थी
न्यू इन्भाइरन्मन्ट मा वि, मणिग्राम ।
मणिग्रामको सेरोफेरो, मैवारी मेरो गाउँ
संसारकै रमाइलो लाग्छ म जन्मेको ठाउँ ।
बाटो घाटो सुविधा छ हस्पिटल, स्कुल पनि
यहाँको जति माया मलाई लाग्दैन अन्त कतै पनि ।
सबैतिर हरियाली खेतीपातीको लहर
फर्केर हेर्छन्, सुस्ताउने गर्छन् सहर ।
समाज उस्तै मिलेर एक आपसमा बसेका छन्
सबैलाई लाग्छ यो ठाउँमा ईन्द्रधनुष नै खसेका छन् ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



