तिम्लाई दिदी भन्न पाउनु ठुलो भाग्य ठान्छु

कविता

सूचना धमला
घर ओखलढुँगा, हाल काठमाडौं ।

आमाले झै माया तिम्ले गरेकी छौ मलाई कत्ति
बालापनमै फर्काइदिन्छ , तिम्रो साथसहयोगले अति ।

आमाको काख छोडेपछि, दुख पाइन्छ भन्थे सबले
तिम्रो न्यानो काख पाएसी आमालाई नै भुलेँ मैले ।

आमाको झै अति ठुलो रिन छ दिदी तिम्रो मलाई
मनमा ठुलो छाप छ तिम्रो, बिर्सिन्न म तिम्रो काखलाई ।

जन्म दिने प्यारी आमा, सपोर्ट माया प्यारी दिदी
दाँज्नसक्छु एक अर्कालाइ भगवान भनी मेरा लागि ।

स्वार्थी हुन्छन् कोहिका दिदी, सोच्ने गर्छन् आफ्नै लागि
आफ्नो संसार ममा खोज्यौ आफ्नो मनमा ढुँगा हानी ।

उमेरले त ठुली नै छु तिम्रो मायासामु सानी भएनि
बुझ्ने प्रयास गरिन दिदी, त्यो गालीमा माया छ भनी ।

पहिलैदेखि टाढा थियौ तिम्रो मतलव थिएन
भेट भएर छुटेपछि मनले हाँस्न दिएन ।

एक्लै कतै हिँड्दामा म, पिर चिन्ताको खानी हुन्छौ
तिम्लाई दिदी भन्न पाउनु मेरो ठुलो भाग्य ठान्छु ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button